सूचनाको शक्ति - The Power Of Information

        

लडेर घाइते भएकी पत्रकार राजवंशीको निधन

बाँके । नेपालगन्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेकी पत्रकार राजवंशी स्थानीय नेपालगन्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने बताए ।
स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगन्जस्थित बागेश्वरी केबल टेलिभिजन र बागेश्वरी एफएममा समाचार वाचन गर्दै आएकी थिइन् । केही महिनाअघि मात्र उनले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०८:२३