सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज शहरलाई मेगा सिटी बनाउन पहल गर्छु : मन्त्री राई

खम्बप्रसाद पुन । बाँके । बाँके जिल्लामा कार्यरत नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो कार्य सम्पादन गर्दा राजनितिक पूर्वाग्रह नराखी कुनै क्षेत्रिय, जातीय र भाषिक रुपमा बिभेद नहुने गरी कार्यसम्पादन गर्न संघीय सरकारका शहरी बिकास मन्त्री मो.इस्तियाक राईले निर्देशन दिएका छन् ।
मन्त्री राईले कर्मचारीहरु नीति नियम र कानूनको परिधीभित्र रहेर नेपाल सरकार र वर्तमान संविधानको मर्म अनुसार समानताको प्रत्याभूति हुने गरी कार्य सम्पादन गर्न सुझाव दिए । जिल्ला समन्वय समितिले आयोजना गरेको अनतरक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले नेपालगन्ज शहरलाई समृद्ध शहर बनाउनका लागि सुझावसहितको योजना ल्याएर आए पूर्णरुपमा सहयोग गर्ने बताए ।
सरकारले देशका सातवटा शहरलाई मेगासिटी बनाउने निति अनुरुप आफूले नेपालगन्ज शहरलाई पहल गर्ने मनत्री राईले दावी गरे । उनले अब छिट्टै नेपालगञ्ज शहर नमूना शहर बन्नेमा सबैलाई ढुक्क हुन आग्रह गरे । कर्मचारीहरुलाई निर्देशन दिने क्रममा बिकासका योजनाहरु गुणस्तर हिन र कमजोर ढंगले र्मिाण गरे सम्बन्धित निकायका कर्मचारी र निर्माण कम्पनीलाई कार्वाही गर्ने चेतावनी समेत दिए ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित जनप्रतिनिधि, स्थानीयले राखेका राप्तीपारीका राप्तीसोनारी र नरैनापुर गाँउपालिकामा बिजुली, बाटो, बर्षौ बर्ष भैरहने डुवान र खजुरामा रहेको क्यान्सर अस्पतालको स्तर उन्नती र सेवा सूचारुको समस्यालाई आफ्नो मन्त्रालय लगायत अन्य मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्ने आश्वासन दिए ।
कार्यक्रममा खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु चौधरी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु लगायतले बाँके जिल्लाका समस्याहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ असार २०७५, आइतवार १५:४६