सूचनाको शक्ति - The Power Of Information

        

विश्वकपमा आज कोस्टारिका र सर्बियाबीच भिडन्त


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा आज कोस्टारिका र सर्बियाबीच प्रतिस्पर्धा हुदैछ । कोस्टारिका र सर्बियाबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ । पहिलो पटक विश्वकपको एकै समूहमा परेका कोस्टारिका र सर्बिया दुवै टिम जित निकाल्दै शुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

विश्वकपमा कोष्टारिका


कोस्टारिकाले सन् १९९० मा भएको विश्वकपमा डेब्यु गरेको थियो । पछिल्लो समयमा लय देखाएको कोस्टारिकाले रसिया विश्वकपमा आफुलाई अझै माथिल्लो तहसम्म पुर्याउने लक्ष्य बनाएको छ । पहिलो पटकको विश्वकपमा कोस्टारिकाले समुह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई १—० गोलले पराजित गरेको थियो ।
दोस्रो खेलमा ब्राजिलसँग १—० गोलले पराजित भएको कोष्टारिकाले स्वीडेनलाई २—१ गोलले पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो । अन्तिम १६ को खेलमा कोस्टारिका चेकोस्लोभाकियासँग ४—१ गोलले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो । कोस्टारिका सन् १९९४ र १९९८ मा कोस्टारिका समुह चरणबाट बाहिरिएको थियो ।
त्यस्तै, सन् २०१४ मा कोस्टारिकाले महत्वपूर्ण उपलब्धि हासिल गर्यो पहिलो पटक कोस्टारिका क्वाटरफाइनलसम्म पुगेको थियो । समुह चरणको पहिलो खेलमा कोस्टारिकाले उरुग्वेलाई ३—१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा कोस्टारिकाले इटालीलाई १—० गोलले पराजित गरेको थियो । समुह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
अन्तिम १६ को खेलमा कोस्टारिका र ग्रिसबीचको खेलमा पहिलो हाफमा १—१ गोल गरेपछि पेनाल्टी सुटआउटमा ५—३ गोलले पराजित गरेको थियो । त्यस्तै क्वाटरफाइनल खेलमा कोस्टारिका र नेदरल्याण्डस्बीचको खेल गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।

प्लेयर्स टु वाच
वार्यन रुइज


कोष्टारिकाका वार्यन रुइजले सन् २००५ मा भएको चिलीविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । रुइजको पहिलो अन्तर्रा्ष्ट्रिय गोल भने २००५ मा होन्डुरसविरुद्ध गरेका थिए । उनले सन् २०१० को विश्वकप छनौटमा पनि गोल गरेका थिए तर, अन्तिम खेलमा उरुग्वेसँग पराजित भएपछि कोष्टारिका विश्वकपमा छनौट भने हुन सकेन ।
सन् २०१४ को विश्वकप छनौटमा रुइजले तीन गोल गरेका थिए । त्यसैगरी, २०१४ को विश्वकपमा पनि रुइजले ३ गोल गरेका थिए । ३२ वर्षीय रुइजले अहिलेसम्म खेलेका १०९ खेलमा २४ गोल गरेका छन् भने रसिया विश्वकपमा कोस्टारिकालाई माथिल्लो चरणसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने खेलाडीका रुपमा हेरिएको छ ।

जोइल क्याम्पबेल


कोस्टारिकाका फरवार्ड जोल क्याम्पबेलले सन् २०११ मा चीनसँगको मैत्रीपूर्ण खेलमा सिनियर टिमबाट डेब्यु गरेका हुन् । सन् २०१४ को विश्वकपमा उरुग्वे विरुद्ध क्याम्पबेलले एक गोल गरेका थिए । यो विश्वकपको अन्तिम १६ मा ग्रिसविरुद्ध क्याम्पबेलले पेनाल्टी मार्फत एक गोल गरेका थिए । २५ वर्षीय जोल क्याम्पबेल कोस्टारिकाका पहिलो रोजाइका खेलाडी हुन् भने उनले अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय ७७ खेलमा १५ गोल गरिसकेका छन् ।

विश्वकपको लागि कोस्टारिकाको टिम
गोलरक्षक : कैलोर नाभास, प्याट्रिक पेम्बेरटोन, लियोनेल मोरेइरा
डिफेन्डर : क्रिस्टियन गाम्बो, इयान स्मिथ, रोनाल्ड माटर्रिटा, ब्राएन ओभिइडो, ओस्कार दुर्ते, गियानकार्लो, गोन्जालेज, फ्रान्सिस्को काल्भो, केन्डेल वास्टन, जोन्हि अकोष्टा
मिडफिल्डर : डेभिड गुज्म्यान, याल्टसिन तेजेडा, केल्सो बोर्गेज, रानडेल अजोफेइफा, रोडनेइ वालेस, बार्यन रुइज, डेनिएल कोलिन्ड्रेस, क्रिस्टियन बोलानोस
फरवार्ड : जोहान भेनेगास, जोएल क्याम्पबेल, मार्को युरेना

विश्वकपमा सर्बिया


सर्वियाको विश्वकप इतिहास युगोस्लोभाकियासँग जोडेर हेर्न सकिन्छ । लामो समय युरोपियन देश युगोस्लाभाकियाको पूर्ण प्रभावमा थियो सर्विया । युगोस्लाभाकिया सन् १९३० को पहिलो विश्वकपदेखि नै खेल्न थालेको हो । पहिलो विश्वकपमा युगोस्लोभाकिया सहभागि हुँदा सन् १९६२ मा सेमिफाइनल प्रवेश गरेको थियो ।
विश्वकपका सन् १९३० देखि सन् १९९० सम्मका ७ विश्वकप संस्करण सर्बीयाले युगोस्लोभाकियासँग हुँदा नै खेलिसकेको थियो । सन् १९९२ मा युगोस्लाभाकियाबाट सर्बीया र मोन्टेनेग्रो छुट्टीएपछि सर्बीया मोन्टेनेग्रो नाम राखेर एकता भएको थियो । सर्विया मोन्टेनेग्रोले सन् १९९८ फ्रान्सले आयोजना गरेको विश्वकपमा सहभागि भएको थियो ।
सन् २००६ को जर्मनीले आयोजना गरेको विश्वकपमा छनौट भएपनि सर्विया सर्विया मोन्टेनेग्रो समुह चरणबाटै बाहिरिएको थियो । सर्बिया आफै स्वायत्त भएपछि सर्बियाले सन् २०१० दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप खेलेको थियो भने समुह चरणबाटै बाहिरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा छनौट हुन नसकेको सर्विया रसिया विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने दाउमा छ ।

प्लेयर्स टु वाच
एलेक्जेन्डर मिट्रोभिक 


सर्बियाका एलेक्जेन्डर मिट्रोभिकको अन्तर्रा्ष्ट्रिय डेब्यु सन् २०१४ को विश्वकप छनौटमा बेल्जियम विरुद्धको खेलबाट भएको थियो । २३ वर्षीय एलेक्जेन्डरले २०१८ विश्वकप छनौटमा समेत गोल गर्दै सर्बियालाई रसिया विश्वकप पुग्न महत्वपूर्ण भूमिका निभाएका थिए । सर्बियाका फरवार्ड एलेक्जेन्डर ९ नम्बर जर्सीका साथ मैदान उत्रिने उनले अहिलेसम्म खेलेका ३८ खेलमा १६ गोल गरेका छन् ।

नेमन्जा म्याटिक


नेमन्जा म्याटिक सन् २००८ मा सर्बिया र पोल्याण्डबीचको खेलबाट अन्तर्राष्ट्रिय सिनियर टिमबाट डेब्यु गरेका थिए । सन् २०१८ को विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गरेका नेमन्जाले रसिया विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । २९ वर्षीय नेमन्जाले अहिलेसम्म खेलेका ४० खेलमा २ गोल गरेका छन् । मिडफिल्डरबाट खेल्ने नेमन्जा २१ नम्बर जर्सीमा मैदान उत्रिने गर्छन् ।

विश्वकपको लागि सर्विया टिम
गोलरक्षक : भ्लादिमिर स्टोज्कोभिक, पेड्र्याग राजकोभिक, मार्को मिट्रोभिक
डिफेन्डर : एलेक्सजेन्डर कोलारोभ, ब्रानिस्लाभ इभानोविच, दुस्को तोसिक, एन्टोनियो रुकाभेना, मिलोस भेलज्काविच, मिलन रोडिक
मिडफिल्डर : नेमाञ्जा माटिक, लुका मिलिभोजेभिक, सेर्गेज मिलिनकोभिक सेभिक, मार्को ग्युजिक, आडम ल्जाजिक, दुसान टाडिक, फिलिप कोस्टिक, एन्ड्रिज जिभकोभिक, नेमन्जा राडोन्जिक
स्ट्राइकर : एजेक्जेन्डर मिट्रोभिक, एलेक्जेन्डर प्रिजोभिक, लुका जोभिक

प्रकाशित मिति : ३ असार २०७५, आइतवार ०५:३८