सूचनाको शक्ति - The Power Of Information

        

विश्वकपमा आज तीन खेल, कहाँ कुन बेला ?


बाँके । विश्वकप फुटबल अन्तरगत आइतबार तीनवटा खेल हुँदैछ । पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिकाले सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे समारामा रहेको समारा एरिनामा हुनेछ ।
यस्तै दोस्रो खेलमा साबिक विजेता जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । समूह एफ अन्तर्गतको यो खेलमा नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोमा रहेको लुज्निक रंगशालामा हुनेछ । यस्तै आजको अन्तिम खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले स्वीट्जरल्याण्डको सामना गर्नेछ । समूह ई अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ असार २०७५, आइतवार ०१:४८