सूचनाको शक्ति - The Power Of Information

        

कोलकातामा जल्यो पानी जहाज, नेपाली व्यवसायीका १०५ कन्टेनर नष्ट


काठमाडौं । कोलकातामा बिहिबार पानी जहाजमा भएको आगलागीले नेपाल व्यवसायीहरुलाई समेत ठूलो क्षती पुगेको छ । आगलागीमा नेपाल व्यवसायीका कन्टेनर समेत परेका छन् । नेपाली व्यवसायीका करिब १०५ कन्टेर आगलागीमा जलेर नष्ट भएका छन् । व्यवसायी पशुपती मुरारका लगायत व्यवसायीका कन्टेनर जलेका हुन् ।
कोलकाता आउँदै गरेको जहाजमा एक्कासी आगो लागेको हो । हावा चलेका कारण कर्मचारीहरुले आगो निभाउन नसक्दा जहाज नै जलेको हो । जसमा ४६४ वटा कन्टेनर थिए । जमिनबाट करिब एक सय किलोमिटरको दुरीमा जहाज रहेका बेला आगो लागेको हो ।
४० फुटे ४४ कन्टेनर र बाँकी ६१ फुटे कन्टेनर जलेका हुन् । कन्टेनरमा मोबाइल, कपडा, जुत्ता, विद्युतीय सामग्री, प्लास्टिक बनाउने कच्चा पदार्थ लगायत थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले आगलागीमा नेपाली व्यवसायीको भएको क्षतीबारे बुझ्ने काम भइरहेको बताए ।
भारतीय मिडियाका अनुसार बिहिबार बेलुका करिब ११ बजे लागलागी सुरु भएको थियो । बिहान करिब ३ बजे मात्र आगो नियन्त्रणमा आएको थियो । जहाजबाट २२ कर्मचारीलाई सकुशल उद्धार गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०२:१६