सूचनाको शक्ति - The Power Of Information

        

चर्चित गायक ढकालको ‘बाटो गल्लीको देवता’ सार्वजनिक


आधुनिक गीतका चर्चित गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । उनको गीत सुन्दै आएका श्रोताहरुले यसमा नयाँपन पाउनेछन् । ‘बाटो गल्लीको देवता म छैन मेरो सुनको गजूर’ बोलको गीतले ‘गल्लीको देवताको आवाज’ बोल्छ ।
यो गीत मनिष वशिष्ठले लेखेका हुन् भने शुशान्त गौतमले संगीत दिएका हुन् । ढकालले नाम चलेका मन्दिरमा तिर्थ यात्रा गर्न देश विदेश, धाउने तर, सडक गल्लीमा रहेका मन्दिर र मुर्तिहरुलाई हेला गर्ने प्रवृत्तिमाथि गीत आधारित रहेको बताए ।

 ‘माया प्रेमको नियमित विषयभन्दा माथि उठेर यसपाली नयाँ प्रयोग गर्न खोजेको छु,’ उनले भने, ‘मेरो स्वरमा पनि अलिकति फरकपन पाउनुहुनेछ ।’ उनले रेकर्डिङ पनि फरक तरिकाले गरिएको भन्दै एउटा पनि इलेक्ट्रोनिक्स बाजा प्रयोग नगरिएको जानकारी दिए । गीतको म्युजिक भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भन्डारीलगायत कलाकारहरुले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार ००:२७