सूचनाको शक्ति - The Power Of Information

        

‘पत्रकारहरुले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्छ’


बुटवल । संसदीय रिपोटिङ्गका मामिलामा पत्रकारहरुले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । प्रदेश सरकारकारलाई झक–झक्याउन र उनीहरुलाई खबरदारी गर्न पत्रकार प्रतिपक्षको रुपमा रहनुपर्ने उनीहरुको भनाई थियो ।
चाँदनी नेपाल रुपन्देहीको आयोजनामा आज रेडियो पत्रपत्रिकाका सम्पादक, स्टेसन म्यानेजर र पत्रकारबीच बुटवलमा भएको अन्र्तक्रिया कार्यक्रममा संघियतालाई दिगो बनाउने किसिमको समाचार आउन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले संसदीय मामिलामा औपचारीक बाहेक मुख्य मुद्दाका समाचार नखोजिएको बताए ।
उनले संघियतालाई बल पुग्नेगरी समाचार आउन नसकेको बताए । तिलोत्तमा पत्रिकाका सम्पादक खिमानन्द भट्टराईले सञ्चार माध्ययममा दक्ष जनशक्तिको अभावकाबीच सञ्चार माध्ययममा स्तरीय मुख्य एजेण्डाका समाचार आउन नसकेको बताए । उनले सञ्चार माध्ययमका लगानीकर्ता र पत्रकारबीच समन्वय हुन नसक्नु दुःखद पक्ष रहेको बताए ।
चादँनी नेपाल रुपन्देहीका उपाध्यक्ष शर्मीला चापागाईको अध्यक्षता र कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा पत्रकारहरु यमलाल भुषाल, दिपेन्द्र बडुवाल, डायल्सन अधिकारी, रेखा भुषाल, नवराज कुवँर लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १४:०६