सूचनाको शक्ति - The Power Of Information

        

कविता : बागेश्वरी माता

कल्पना खरेल

कल्पना खरेल

नेपालगन्ज सहर बीचमा बागेश्वरी माता
यहाँ छन् अनगिन्ती इतिहासका गाथा
धुप दिप फुलपाती लिएर आउँछन् साथ ।
सम्पूर्ण धर्मावलम्बीहरु झुकाउँछन् माथा
बागेश्वरीको पूर्व शिवजीको बासस्थान ।
सधैं तलाउको बीचमा शिवजीको स्थान
तिनै शिवजीको अपरम्पार शक्तिभित्र ।
यहि संसार सदाबहार अडिएको छ बिचित्र
भक्तजन तिनै श्क्तिको लागि धाउँछन्
बागेश्वरी माताको साधनामा रमाउँछन्

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १२:२३