सूचनाको शक्ति - The Power Of Information

        

हुम्ला हिरासतबाट दुई कैदी भागे, एक जनालाई पुनः पक्राउ गरियो

बाँके । जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट आज विहान दुई जना कैदीबन्दी भागेका छन् । सार्वजनीक मुद्दाका लेखे परियार र ज्यान मुद्दा लागेका लोकेन्द्र बुढा विहान साढे ४ बजेतिर भागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।
उनका अनुसार कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्रलाई पुनः पक्राउ गरिसकिएको छ भने अर्का परियार भने फरार रहेका छन् । लोकेन्द्रलाई हुम्लाको सिमीकोट–८ स्थित याङ्गुबाट पुनः पक्राउ गरिएको र अर्का बन्दी लेखेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०८:२९