सूचनाको शक्ति - The Power Of Information

        

जनकपुर लैजाँदै गरेको अखाद्यबस्तु खेसरीको दालसहित ट्रक नियन्त्रणमा


बाँके । प्रदेश नं. ५ अनुसन्धान टोली (आरआइटी)ले बाँकेको कोहलपुरबाट अखाद्य बस्तु खेसरीको दाल बरामद गरेको छ । बर्दियाबाट ना६ख २१९६ नम्बरको ट्रकमा जनकपुरतर्फ लिइरहेको खेसरीको दाल कोहलपुरको चपरगौढीबाट प्रहरीको अनुसन्धान टोलीले बरामद गरेको हो ।
दालसंगै बर्दिया ठाकुरद्वारा नगरपालिका–१ का २९ वर्षीय अब्दुल रहमान, सोही ठाउँ निवासी २६ वर्षीय टेकबहादुर थारु, बाँके नेपालगन्ज उपमहानगरपालिका–६ का २७ वर्षीय जितबहादुर वलीलाई पनि नियन्त्रणमा लिएको छ । प्रदेश नं. ५ का डिआइजी शेरबहादुर बस्नेत नेतृत्वको अनुसन्धान टोलीले अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण तथा अवैध कारोवारविरुद्ध अप्रेसन गर्दै आएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०८:१७