सूचनाको शक्ति - The Power Of Information

        

५७ जिल्लामा टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार

काठमाडौं । नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३७५ किमी जडान भइसकेको छ ।
आगामी आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिकमा बाँकी ४५० किमी थप जडान गरी कुल एक हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ । हालसम्म वसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खाँदबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर नेटवर्कमा फाइबर जडान भइसकेको छ ।
त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुलीबीचको ११५.८० किमीमध्ये ९० किमी सम्पन्न भएको छ भने बेनी–जोमसोमबीचको ११३.४४ किमीमध्ये ९५ किमीमा अप्टिकल फाइबर जडान भइसकेको छ । अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकाम र विभिन्न जिल्लाका नगरपालिका तथा शहरोन्मुख क्षेत्र आबद्ध हुने टेलिकमले जनाएको छ । हालसम्म टेलिकमले ५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ भने चालु आयोजना सम्पन्न हुँदा ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार बताइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०४:३५