सूचनाको शक्ति - The Power Of Information

        

गृह मन्त्रालय आक्रोशित, नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाही !


काठमाडौं । सुन तस्करी काण्डमा फसेका प्रहरीको बचाउमा बोलेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाहीको तयारी गरेका छन् । राज्यको सेवासुविधा लिएर सुन तस्करलाई टेवा पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडिआइजी रमेश खरेल र हेमन्त मल्लमाथि कारबाहीको तयारी गरेका हुन् ।
प्रहरीको आइजीपी बन्न नपाएपछि राजीनामा दिएका खरेलमाथि गृहमन्त्री झनै बढी आक्रोशित रहेको स्रोतले बतायो । सरकारलाई नै असहयोग गर्ने गरी खरेल प्रस्तुत भएको बुझाइमा गृहमन्त्री छन् । सुन तस्करीलाई पक्षपोषण गर्ने गरी अभियान संचालन गर्नुका साथै मिडियामा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी समेत गराएका छन् ।
नेपाल प्रहरीका पूर्वएआइजी भण्डारी, पूर्व डिआइजी मल्ल र खरेलले आइतबार संयुक्त रुपमा पत्रकारहरुसँग भेट गरी सुन तस्करीको अनुसन्धान त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै गृहमन्त्री थापाले आकस्मिक रुपमा प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका हुन् । उनले सुन तस्करी छानबिन प्रभावित पुर्याउने गरी लबिङ गर्ने प्रहरीका पूर्व अधिकारीलाई कारबाही गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रहरीको आइजीपी बन्न नपाएपछि राजीनामा दिएका खरेलमाथि गृहमन्त्री झनै बढी आक्रोशित रहेको स्रोतले बतायो । सरकारलाई नै असहयोग गर्ने गरी खरेल प्रस्तुत भएको बुझाइमा गृहमन्त्री छन् । निकै असन्तुष्ट बनेका गृह मन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी पूर्वप्रहरी अधिकारीहरुको भनाइको खण्डन गर्दै उनीहरुलाई सचेत समेत गराएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीबाट जारी विज्ञप्तिमा सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत चलखेल भइरहेको भन्दै आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय सम्वेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ सरकार सचेत छ ।’
गृह मन्त्रालयले सुन तस्करीको अनुसन्धान कुनै व्यक्ति र पदाधिकारीतर्फ लक्षित नरहेको र तथ्य प्रमाणका आधारमा अनुसन्धान अघि बढिरहेको पनि स्पष्ट पारेको छ । एआइजी भण्डारी, डिआइजी खरेल र मल्लले सुन प्रकरणमा मुछिएका तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल निर्दोष रहेको दाबी गरेका थिए ।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति :

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ०६:५०