सूचनाको शक्ति - The Power Of Information

        

पाँच केजी अफिमसहित तीन युवा पक्राउ


बाँके । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले दाङको घोराहीबाट ५ केजी अफिमसहित ३ जना युवालाई पक्राउ गरेको छ । ५ केजी २ सय ग्राम लागु औषध अफिमसहित रोल्पा जिल्लाका एकजना र रुकुम पूर्वका दुईजना युवा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट सई बिष्णु गिरीको कमाण्डमा खटिएको टोलीले बिशेष सुराकीको आधारमा घोराही उपमहानगरपालिका वडा नं. १५ को एक होटेल नजिकैबाट उनीहरुलाई आइतवार बेलुका साढे ७ बजेतिर पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ४ निवासी ३१ बर्षीय शक्तिराम वली र रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ६ निवासी २७ बर्षीय एलन रोका र सोही गाउँपालिका वडा नं. ८ का २८ बर्षीय देवबहादुर वली रहेका छन् ।
ब्यूरोले उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङको जिम्मा लगाएको छ । पक्राउ परेका विरुद्ध लागुऔषध नियन्त्रण २०३३ अन्तरगत मुद्दा चलाइएको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ०७:१७