
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । विमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउने भएका हुन् । मन्त्रिपरिषदको आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो ।
आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । मन्त्रिपरिषद बैठकले आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ ।
नरेन्द्र मोदीका साथै म्यान्मारकी नेतृ आङ सान सूची लगायतका एसियाली नेताहरु भदौमा काठमाडौँमा भेला हुने भएका छन् । बिमिस्टेकको नेपाल अध्यक्ष छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्रको रुपमा छन् ।
।