रेनुका गिरी । बुटवल । फ्रेन्स युथ क्लवले सडक बालबालिकाहरुलाई सहयोग वितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं.७ मा रहेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको सृजनशील संस्थामा आश्रित असहाय बालबालिकालाई खाद्यान्न वितरण गरेको छ ।
बालबालिकाहरुलाई आश्रय दिइरहेको संरक्षण केन्द्रमा पुगेर क्लवले सहयोग हस्तान्तरण गरेको हो । क्लवले लत्ताकपडा, किताबकपी, पेन्सिल, चलकेट, बिस्कुट चामल, दाल, तेल, साबुन, कपडा लगायतका खाद्य सामग्रीका साथै फिल्टर प्रदान गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा फ्रेन्स युथ क्लवका अध्यक्ष विनय गहतराजले गणतन्त्र दिवशको अवसरमा अनाथ तथा सड्क बालबालिकालाई सहयोग वितरण गरेको बताए ।
सृजनशील संस्था नेपालकी कार्यक्रम संयोजक कल्पना ढकालले सबैको हातेमालोको कारणले नै बालबालिकाहरुलाई राख्न सकेको बताए । उनले बालबालिकाका लागि खाद्य सामग्री, तथा अन्य खानेकुरा र फिल्टर फ्रेन्स युथ क्लवले उपलब्ध गराएकोमा धन्यवाद दिए । संरक्षण केन्द्रमा ९ जना असहाय एवं अनाथ सड्क बालबालिकाहरु आश्रित छन् । संस्थाले उनीहरुलाई विद्यालय भर्ना गरेर पढाउँदै आएको छ ।
२०५४ सालमा बुटवलमा स्थापित महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको सस्था सृजनशील सस्थाले गत एक बर्षदेखि बिषेशगरी सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेको कार्यक्रम संयोजक ढकालले जानकारी दिए । संस्थाले अहिले सड्क बालबालिकाको उद्दार, पुनःस्थापना र पुनर्मिलन कार्य गरिरहेको सस्थाकी महासचिव बिजु पाण्डेले बताए ।
।