सूचनाको शक्ति - The Power Of Information

        

यात्रु झुक्याउँदै बसमा नचल्ने एसी र फ्रि वाईफाई


काशीराम शर्मा । बाँके । नेपालगन्जबाट लामो तथा छोटो दुरीमा सञ्चालित बसहरुमा विभिन्न सुविधाहरु रहेको भन्दै यात्रुहरुलाई आकर्षित गरिन्छ । गाडीको अगाडी र पछाडीपट्टी पनि सोही प्रचार गरिएको हुन्छ । नेपालगन्जबाट पूर्व तथा पश्चिममा लामो रुटमा दैनिक करिब दुई सय सुविधा सम्पन्न गाडीहरु सञ्चालन रहेका छन् ।

बस व्यवसायीहरुले बसभित्र फ्रि वाईफाई, एलइडी भिडियो, जिपिएस लोकेशन मोबाइल एपलगाएतका सुविधाहरु यात्रुलाई उपलब्ध गराउने भन्दै खुबै प्रचार गरेका हुन्छन् । तर बसभित्र यस्ता केही सुविधा नपाएको यात्रुहरु बताउँछन् । गाडी चढेपछि यात्रुहरुको गाडीवालासँग एउटै प्रश्न हुन्छ, वाइफाईको पासवर्ड कति हो ? कन्डक्टरले पासवर्ड बताउँछन् । यात्रुहरुले हतार–हतारमा वाइफाई जोड्नका लागि मोबाइलमा सिंग्नल हेर्छन् तर कतै भेट्दैनन् । अनि काम गरेन भनेर चित्त बुझाउँछन् ।

यातायात व्यवसायीले प्रचार गरेजस्तो सुविधा दिन नसकेको यात्रुहरुको गुनासो छ । काठमाडौंबाट नेपालगन्ज फर्किएका ज्ञानबहादुर विकले भने, ‘विदेशी मापदण्ड अनुसारका बस सञ्चालन हुन थालेका खुबै समाचारहरु पढेको थिए । बस हेर्दा सुविधा सम्पन्न छन् । तर बसमा जडान भएका वाईफाई, एलइडी, जिपिएस, सिसी क्यामेरा केही चल्दैनन् । ‘बसभित्र फोहर त्यस्तै हुन्छ ।’

यात्रुले सोधे ‘गुरु बिचमा भात खाने ठाउँ हुँदाहुदै किन यति टाढा ल्याउनुभयो ?’ चालकले यस्तो जवाफ दिन्छन्, ‘साले कन्डक्टरले पहिला नै यहाँ अर्डर गरेछ । मैले त उतैतिर समयमै खुवाउनु पर्ला भनेको थिए ।’

बस अगाडि बढ्दै जाँदा यात्रुहले सीटमाथि राखिएका पंखा हेर्दै घुमाउन थाल्छन् । स्वीच अन–अफ (प्याटप्याट) गराउँछन्, पंखा घुम्दैनन् । वाइफाई र पंखाको सुविधा नपाए पनि यात्रुहरु चर्को गुनासो गर्न सक्दैनन् । निरिह जस्तै चुपचाप लागेर सिटमा बसिरहन्छन् । अर्को प्रसंग खानाको । खाना पनि समयमा गाडी स्टाफले यात्रुलाई खुवाउँदैनन् । विरोध कतैबाट आउँदैन । सडकमा गुडिरहेको बस आफ्नै गतिमा गन्तव्यतिर गुडिरहेको हुन्छ ।

यात्रुले चाहेको स्थानमा खान खाना पाउँदैनन् । गाडी स्टाफले चाहेको ठाउँमा गाडी एक्कासी रोकिन्छ । गाडी स्टाफले भन्छन् लौ खाना झर्नुस है खाना खाने ठाउँ आयो । यात्रुहरु हातखुट्टा तान्दै जाँगर मानीनमानी बसबाट ओर्लिन्छन् । भोक हराएको हुन्छ, निन्द्राले च्यापेको हुन्छ । मध्यरातमा खानका लागि यात्रुहरुलाई झारिन्छ । यात्रुले सोधे ‘गुरु बिचमा भात खाने ठाउँ हुँदाहुदै किन यति टाढा ल्याउनुभयो ?’

चालकले यस्तो जवाफ दिन्छन्, ‘साले कन्डक्टरले पहिला नै यहाँ अर्डर गरेछ । मैले त उतैतिर समयमै खुवाउनु पर्ला भनेको थिए ।’ अधिकांस नेपालीको खानाको समय राती ८ देखि १० बजेभित्र हो । तर यसको कुनै मतलव नगरी मस्त निन्द्रामा सुतेका यात्रुलाई उठाएर खाना खुवाइन्छ । यात्रुको अर्को प्रश्न हुन्छ, ‘वाईफाई पनि चल्दैन, पंखा पनि घुम्दैन किन हो यस्तो ? चालकले फेरी उत्तर दिए ‘व्यालेन्स हिजो सकिएको हो । फ्युज गएकाले पंखा पनि चल्दैनन् बनाउनुपर्ने भएको छ ।’ बसहरुमा फ्रि वाईफाई, एसी, खानेपानी लगायतका थुप्रै आकर्षक प्याकेजहरु राखेर यात्रुलाई लोभ्याइन्छ ।

यात्रुहरु पनि विश्वास गर्छन् र तोकिएको स्थानका लागि टिकट लिएर गाडी चढ्छन् । बसपार्कबाट गाडी अघि बढ्छ । यात्रुहरुलाई सुविधा दिने भन्दै जडान गरिएका एसी र वाईफाई सधैं विग्रिएकै हुन्छन् कहिल्यै चल्दैनन् । विशेषगरी लामो रुटमा पट्यार लाग्दो यात्रामा यात्रुहरुले थकाई कम गर्न इन्टरनेटमार्फत समाचार तथा जानकारीमूलक कुराहरु सर्च गर्न खोजिरहेका हुन्छन् । तर, गाडीमा वाईफाईको व्यवस्था छ भनिए पनि यात्रुलाई देखाएर झुक्याउनका लागि मात्र राख्ने गरिएको छ ।

गाडी चढ्ने यात्रुले यात्राका क्रममा गाडीका चालक या सहचालकसँग वाईफाई पासवर्ड माग्दा उनीहरुको जवाफ हुन्छ, विग्रिएको छ । गर्मीको समयमा चिसो र चिसोको समयमा तातोका लागि एसी छ भने खुबै प्रचार गरिएको हुन्छ । तर एसी कहिल्यै चल्दैन । यातायात क्षेत्रमा बढ्दो प्रतिश्पर्धासँगै सुविधा सम्पन्न गाडीहरु भित्रिने क्रम उच्च रहे पनि ती गाडीहरुमा जडान गरिएका सुविधाहरु यात्रुले भने कहिल्यै प्रयोग गर्न पाउँदैनन् ।

‘गाडीमा एसी र वाईफाई त कहिल्यै चल्दैन,’ काठमाडौंदेखि नेपालगन्ज आइपुगेका मेराज सल्मानीले भने । सुविधा सम्पन्न गाडीको भाडादर पनि सामान्य गाडीको भन्दा केही फरक छ । गर्मीको समयमा यात्रुहरुले एसी गाडी चढ्ने लोभमा सुविधा सम्पन्न गाडी नै खोज्ने गर्छन् । गाडी चढेपछि जवाफ आउँछ, एसी र वाईफाई विग्रेको छ । विराटनगरबाट नेपालगन्ज आएका यात्रु दीपक रेग्मीले भने, ‘एसी र वाईफाई त देखाउन लाई मात्रै हो ।’

‘रेडियो त बज्दैन, तपाई एलइडीको कुरा गर्नुहन्छ । भिडियो चल्न त पहिला रेडियो बज्नुपर्छ, मैले चलाएको तीन दिन भयो अहिलेसम्म बसमा रेडियो बज्दैन ।’

यात्रुहरुलाई एसी र वाईफाईका नाममा गाडीवालाले निकै झुक्याउँछन् । रेग्मीका अनुसार एसी र वाईफाई विग्रिएको हुँदैन, विगारिएको हुन्छ । उनी भन्छन्, ‘एसी र वाईफाईको शुल्क भाडादरमा जोडिएको हुन्छ, तर एसी चलाउँदा गाडीवालाले इन्धन बढी खपत हुन्छ भनेर चलाउनुको साटो विग्रिएको भनेर चलाउँदैनन् ।’ एसी र वाईफाई चलाउनका लागि नभई यात्रुहरुलाई झुक्याउनका लागि मात्रै जडान गरिएको रेग्मीले बताए ।

आफूले बस चलाउन थालेको २३ वर्ष पुगेको बताउँदै नेपालगन्ज–काठमाडौं रुटमा गाडी चलाउने एक चालकले भने, ‘रेडियो त बज्दैन, तपाई एलइडीको कुरा गर्नुहन्छ । भिडियो चल्न त पहिला रेडियो बज्नुपर्छ, मैले चलाएको तीन दिन भयो अहिलेसम्म बसमा रेडियो बज्दैन ।’ यी त केही उदाहरण मात्रै हुन् । यहाँबाट सञ्चालित अधिकांस बसहरुको अवस्था यस्तै छ ।

नियमन गर्ने निकायको लाचारीपनका कारण यात्रुहरुबाट सेवा शुल्क लिए पनि कतिपय सवारी धनी र गाडी स्टापले भने अनुसार सुविधा दिएका छैनन् । यात्रुहरुलाई भनेअुनसारको सेवासुविधा नदिने र खुलेआम लुट मच्चाउने यातायात व्यवसायीलाई कारबाही गर्नुपर्ने कतिपय यात्रुहरुको माग छ । नयाँ गाडी भित्रयाउदा विभिन्न सेवा भएपनि पुरानो हुँदै जाँदा मर्मत सम्भारमा नगर्दा यात्रुले दुःख पाउने गरेको गाडी चालकहरु स्वीकार गर्छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १०:०२