सुर्खेत । साइकलको पछिल्लो सिटमा नेपालको झण्डा, साइकल चलाउने व्यक्ति झट्ट हेर्दा विदेशी नागरिक जस्तो देखिने । न कुनै डर न कुनै चिन्ता । वस् छ त आँट छ अनि साहस छ । अपांगप्रति समाजले हेर्ने दृष्टिकोण बदल्नु पनि उहाँको उदेश्य हो । साईकलको अगाडि साईन बोर्डमा लेखिएको थियो, ‘अपाङ्गता नागरिकहरुको समान सहभागिता, सामाजिक न्यायमा सुनिश्चितता लम्कीदेखि रारासम्म’ ।
उनी अरु कोही नभएर सात नम्बर प्रदेशको कैलालीका यमलाल रसाइली हुन् । जसले एउटै खुट्टाले साईकल चलाएर एउटा कठिन यात्रा शुरु गरेका छन् । कैलालीको लम्की चुहा नगरपालिका १ का ४० वर्षिय रसाइलीले जेठ चार गतेदेखि लम्कीदेखि कर्णालीको रारातालसम्मको यात्रा शुरु गरेका छन् । रारासम्म पुग्नका लागि यात्रामा निस्किएका उनी तीन दिन पश्चात वीरेन्द्रनगर आइपुगे ।
अपांगता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिनका लागि आफूले एकल कठिन साइकल यात्रा सुरु गरेको रसाइलीले बताए । ‘मैले लम्कीबाट रारासम्म एक खुट्टाले साइकल चलाएर यात्रा गर्दैछु,’ मंगलबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो यात्राबाट सबैको ध्यान आकर्षित भई अपांगता भएकाले पनि केही गर्न सक्छन भन्ने भावना जागोस भन्ने उद्देश्य हो ।’
‘अपाङ्गगता भएका व्यक्तिलाई हेयको दृष्टिकोणले हाम्रो समाजमा हेर्ने गरिन्छ,’ उनले थपे, ‘अपांगता भएकालाई सिमीत क्षेत्रमा राख्ने होईन अवसर अनि हौसला र साथ पायौँ भने हामी पनि जस्तो सुकै काम गर्न सक्छौँ ।’ उनी आज (बुधबार) वीरेन्द्रनगरदेखि राराका लागि जाँदै छन् । अन्धविश्वासले गुम्यो बाल्यकालमै खुट्टा पूर्वी नेपालको पर्वत जिल्लामा पुख्र्यौली घर भएका रसाइलीको ४ वर्षको उमेरमा नै दायाँ खुट्टा गुमेको हो ।
‘तिहारको समय थियो,’ विगत सम्झिँदै उनी भन्छन्, ‘भैली खेल्न गएको थिएँ दाइहरुसँग, पछि दाइले राती लिएर घर सुताइदिनुभएछ, मलाई त्यो रातभर ज्वरो आयो साथमा खुट्टा पनि एकदमै दुखेको थियो ।’ उनको खुट्टामा साह्रै पिडा भएपछि धेरै दिनसम्म धामी झाँक्री देखाइयो, तर दुखाई बीसको उन्नाईस भएन । पछि गाउँमै रहेका वैद्यले उनको खुट्टामा काप्रो बानिदिए । त्यसको केही दिनपश्चात काप्रो उम्काउँदा त्यो सँगै रसाईलीको दायाँ खुट्टाको साप्राको मासु पनि त्यो सँगै निस्कियो ।
चार वर्षको उमेरमै खुट्टा गुमाएका रसाइलीले धेरै समयसम्म बाहिरी संसारको अनुभव गर्न पाएनन् । तर जब साइकल सिके अनि उनलाई जिउने आँट र केही गर्ने साहस मिल्यो ।
त्यसपछि अन्त्यमा खुट्टा काट्नुको बाहेक अरु विकल्प केही रहेन । चार वर्षको उमेरमै खुट्टा गुमाएका रसाइलीले धेरै समयसम्म बाहिरी संसारको अनुभव गर्न पाएनन् । तर जब साइकल सिके अनि उनलाई जिउने आँट र केही गर्ने साहस मिल्यो । विगत २१ वर्षदेखि साईकल यात्रा गरेका उनले नेपालका ३८ जिल्ला घुमिसकेका छन् । उनी एक दिनमा दुई सयभन्दा बढी किलोमिटरसम्मको यात्रा गर्न सक्छन् । उनले २०५९ मा महाकालीदेखि मेची सम्मको साइकल यात्रा समेत गरेका थिए । यतिमात्रै नभएर उनी भारतका विभिन्न स्थानमा पनि साइकल रेसमा भाग लिन पुगेका छन् ।
तर उनी अपाङ्गता भएका व्यक्तिसँग नभई सपांग व्यक्तिसँगै प्रतिस्पर्धा गर्छन् । अपाङ्गता भएका आफूहरुजस्तैका लागि कुनै पनि रेस नभएको पनि रसाइली सुनाउँछन् । अहिले कैलालीमा बस्दै आएका उनको श्रीमती, दुई सन्तान र आमा छन् । घरको माइलो छोराको रुपमा जन्म लिएका उनी कैलालीको लम्कीमै सिलाई कटाई ट्रेनिङ्ग सेन्टर सञ्चालन गरेर बसेका छन् । समाचारले दियो रारा पुग्ने आँट २०७५ को वैशाख १ गते कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन राराबाटै गरिएको रसाइलीलाई पनि थाहा छ ।
सोही क्रममा प्रधानमन्त्री केपी ओलीले राराबाट भर्ना अभियान समेत सुरु गरे । ‘निकै तामझामका साथ पर्यटन वर्षको उद्घाटन गरियो,’ उनले भने, ‘त्यतिबेला प्रधानमन्त्रीलगायत अन्य मन्त्रीहरुले विद्यार्थी भर्ना अभियान शुरु गर्ने क्रममा एक जना अपांगता भएका बालकलाई छुटाइयो ।’ अपांगमैत्री विद्यालयको अभावमा ति बालकलाई भर्ना गर्न नसकेको समाचार पढेपछि निकै दुःख लागेको रसाइली सुनाउँछन् ।
रारा पुगेर प्रधानमन्त्रीले भर्ना गर्न नसकेका बालक पुन्नबहादुर कुलालाई भेट्ने र विद्यालय भर्नाका लागि पहल गर्ने योजना रहेको पनि रसाइलीले सुनाए । प्रदेश सरकारद्वारा सहयोग कसैको सहयोग विना नै आफ्नै उद्देश्यले साइकल यात्रामा हिडेका रसाइलीलाई कर्णाली प्रदेश सरकारले सहयोग गरेको छ । एक अपाङ्गता भएका साइकल यात्री रसाइलीलाई पर्यटन प्रवर्धनमा सहयोग पुर्याएको भन्दै कर्णाली प्रदेश सरकारले सहयोग गरेको हो ।
आफ्नो रारा यात्राका बारेमा जानकारी गराउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पुगेका रसाइलीलाई प्रदेश सरकारले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । भेटमा मुख्यमन्त्री शाहीले साइकल यात्राले कर्णाली प्रदेशको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने भन्दै यात्राको सफलताको शुभकाना दिए । भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश शान्त र सुरक्षित प्रदेश भएकाले ढुक्क भएर यात्रा गर्न उनलाई आग्रह गरे ।
अन्य सहयोगी हातहरु जुट्दै व्यक्तिगत खर्चमा रारा पुग्ने अठोटका साथ सुर्खेत पुगेका रसाइलीलाई सुर्खेतमा सहयोगी हातहरु जुटेका छन् । उनलाई सुर्खेतमा खाना तथा वासको व्यवस्था होटेल अर्गनाइजेशन सुर्खेतका अध्यक्ष तथा भ्याली भ्यू होटलका सञ्चालक तर्कबहादुर शाहीले गरे । यस्तै युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटा र व्यवसायी बर्षा रावतले नगद तीन हजार सहयोग गरेका छन् । साइकल यात्री रसाइलीलाई कारोबार पत्रिकाका संवाददाता गोविन्द खत्रीले रारासम्मको समन्वयमा सहयोग गरिरहेका छन् ।
कैलालीमा ट्रि«ङ्स वाइक (साइकल) कम्पनीले साइकल उपलब्ध गराएको छ भने अपांग चेतना समाज लम्की लगायत विभिन्न नागरिकहरुले सहयोग गरिरहेको रसाइलीले बताए । करिब २० दिनमा रारा पुग्ने लक्ष्य रसाइलीको छ । उनले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने सबै सामान पनि साथमै बोकेर हिडेका छन् । यात्राका क्रममा उकालो बाटोमा प्रत्येक दश मिनेटमा उनी विश्राम लिन्छन् भने सजिलो बाटोमा सहजै साइकल चलाउँछन् ।
।