बाँके । प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) का कारण बाँके जिल्लाको दैनिक जनजीवन प्रभावित बन्दै गएको छ । मध्यदिनमा करीब ४५ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी जनजीवन अत्यन्त कष्टकर भएको छ ।
आवश्यक काम बाहेक स्थानीबासी बिहान र बेलुका घरवाट बाहिर निस्कदैनन् । गर्मी बढदै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । यहाका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् ।
जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, झाडापखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् । जिल्लाको भेरीअञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पताल, जानकी अस्पताल, सिद्धार्थ अस्पतालमा दैनिक सरदर ४० जनासम्म गर्मीका कारण हुने रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।
अर्कोतर्पm गर्मी बढेसँगै नेपालगन्जमा विद्युत् अनियमितताका कारण यहाँका नागरिकले थप कष्ट भोग्नुपरेको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट वितरण हुँदै आएको विद्युत् नियमित नहुनु, भोल्टेज कम आउनु, कुनै पनि बेला बिना सूचना विद्युत् सेवा बन्द हुनुका कारण नागरिकले थप कष्ट व्यहोर्नु परेकोे छ ।
।