सूचनाको शक्ति - The Power Of Information

        

विवश र ऋतु नानुको ‘आँखाको इसारा’


बाँके । कलाकारिता क्षेत्रमा चर्चा कमाई सकेका नाम हो मोडल विवश चौधरी र मोडेल ऋतु नानुको । मोडल विवश र मोडेल ऋतुको अभिनय रहेको थारु गित तोहार आँखिक इसारा बोलको म्युजिक भिडियो अव केही दिनमै बजारमा आउने भएको छ ।
पछिल्लो समयमा विवश र ऋतुले थारु म्युजिक भिडियोमा मोडलिङ क्षेत्रमा चर्चा कमाउन सफल भएका कलाकार हुन् । थारु कलाकारिता क्षेत्रमा विवश र ऋतुको नाम नै काफि छ । विवश चौधरी र ऋतुले विगत लामो समयदेखि मोडलिङको भुमिकामा नाम चलेका कलाकार मध्ये पर्दछन् । मोडल विवश बर्दियामा बसेर कलाकारितालाई निरन्तरता दिइरहेका छन् भने ऋतु बाँकेमा बसेर कलाकारितालाई निरन्तरता दिइरहेकी छन् ।
म्युजिक भिडियो मै व्यस्त रहेका दुवै कलाकारलाई भ्याई नभ्याई रहेको छ । विवश र ऋतुले पाल्पा, लुम्बीनीमा तोहार आँखीक इसारा, बावै ज्यान मारा भन्ने बोलको म्युजिक भिडियोको सुटिङ सकेका छन् । गायक तुफान राजबंशी र गायीका रितु चौधरीको स्वरमा रहेको तोहार आँखीक इसारा बोलको गितमा मोडल विवश चौधरी र मोडेल ऋतु नानुले अभिनय गरेका छन् ।
क्यामरा सरोज डगौरा र ड्रोन क्यामरामा साहिल चौधरीले साथ दिएका छन् भने मेकअपमा दिव्य चौधरीले साथ दिएकी छन् । मार्मिक र लभ स्टोरी खालको गितमा थारु भिडियो पहिलो पटक पाल्पामा सुटिङ भएको सुटिङ युनिटले जनाएको छ । मोडेल ऋतुले हालसम्म एक दर्जन बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
मोडल विवश पनि सय बढि गितमा म्युजिक भिडियोमा अभिनय गरेको मोडल विवशले बताउँछन् । मोडेल ऋतुले एक्कचो लभ यु कहो इ ज्यान तोहार हो, थरियनमे आग लगाके मच्चइलो धमाल, नाचो हो छमिया तु लेहगा उराके, ओइ बन्दिदी तु दामी लगथो, कोका कोला फिगर लगायत १२ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ०७:३१