रेनुका गिरी । बुटवल । २० हजार चराहरुको बसोबास रहेको जगदीशपुर ताल संरक्षणका लागि प्रदेश सरकारले पहल थालेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जगदिशपुर ताललाई पर्यटक बस्ने थलोका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, ‘पर्यटकको मुख्य आकर्षणका रुपमा रहेको ताल संरक्षणसँगै अन्य पूर्वाधारहरुको विकास गरी अझ धेरै पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहनेछ ।’
२५ औँ अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मंगलबार जगदिशपुर तालमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्राचिन तिलौराकोट र रामग्रामलाई जोडने पर्यटकीय मोनोरेल सञ्चालनका लागि सम्भावनाको खोजी भैरहेको भन्दै मोनोरेल सञ्चालनपछि जगदिशपुर ताल अवलोकनका लागि पर्यटक थप आकर्षित हुने बताए ।
‘मोनोरेल सञ्चालनका लागि चिनिया पक्षसँग छलफल भइरहेको छ । अध्ययनका लागि चिनियाँ पक्ष आउने तयारी छ,’ मुख्यमन्त्री पोख्रेलले भने, ‘मोनोरेल सञ्चालनपछि प्रदेशभर रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गर्दै पूर्वाधार विकास गरी पर्यटन प्रवर्धन प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहनेछ ।’ प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले स्थानीय नागरिकको सहयोगले जगदिशपुर ताल विश्व रामसार सिमसार क्षेत्रमा सूचिकृत हुन सफल भएको बताए ।
‘जगदिशपुर ताललाई नहर सिँचाई आयोजनाको रुपमा विकास गरी यसलाई अझ थप पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ,’ मुख्यमन्त्रीकै भनाईलाई केन्द्रीत गर्दै मन्त्री गिरीले भने, ‘प्रदेश सरकारको प्राथमिकता पर्यटन प्रवर्धन नै हो । हाम्रो प्रदेशमा पर्यटनको सम्भावना अधिक छ । त्यसैले पनि प्रदेश सरकारले पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० को निग्लिहवामा पर्ने जगदीशपुर ताल हजारौँ चराचुरुंगीको बासस्थान हुन थालेपछि सन् २००३ मा यस क्षेत्रको संरक्षणका लागि सरकारको पहलमा रामसार सचिवालयबाट विश्व सिमसार क्षेत्रको रूपमा सूचीकृत भएको थियो । १५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो ।
कपिलवस्तुका घाँसै मैदान, खेतबारी र ताल आसपास विश्वमै दुर्लभ मानिए पनि लोप हुने अवस्थामा पुगेका सानो खैरो, सुन र डंगर गिद्ध सजिलै देख्न सकिन्छ । विश्वमा दुर्लभ मानिएका लघु महाचिल, जीबाहर महाचिलका साथै भँुडीफोर गरुड, हिमाली र सेतो गिद्ध पनि ताल क्षेत्रमा प्रशस्त भेटिन्छन् । सो तालको सम्पूर्ण परिक्रमा गर्नको लागि ५ किलोमिटर रहेको छ । १६७ प्रकारका चराहरु रहेको तालको एक स्थानबाट ११६ प्रकारका चराचुरुङ्गी एकैसाथ अवलोकन गर्न सकिन्छ ।
‘जगदिशपुर ताललाई नहर सिँचाई आयोजनाको रुपमा विकास गरी यसलाई अझ थप पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । प्रदेश सरकारको प्राथमिकता पर्यटन प्रवर्धन नै हो । हाम्रो प्रदेशमा पर्यटनको सम्भावना अधिक छ । त्यसैले पनि प्रदेश सरकारले पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
१६७ प्रकारका चराहरु रहेको तालको एक स्थानबाट ११६ प्रकारका चराचुरुङ्गी एकैसाथ अवलोकन गर्न सकिन्छ । गत वर्षको गणनामा १९ हजार रहेका चरा संख्या यो वर्षको गणनामा २० हजार चराहरु सो ताल क्षेत्रमा रहेका छन् । तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाइने नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । तालमा चरामात्र नभई ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आइयुसीएनको अध्ययनले देखाएको छ ।
विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाइन्छ । विश्वमै दुर्लभ पानी विरालो पनि तालमा पाइन्छ । विश्व रामसार क्षेत्रको सूचीमा सूचिकृत रहेको जगदिशपुर तालभित्र १३ प्रजातिका जलीय वनस्पति, २५ प्रजातिका माछा, १८ प्रजातिका स्तनधारी, ४२ प्रजातिका पंक्षीहरु र ८ प्रजातिका वर्षायाममा बसाई सरेर आउने घडियाल गोही जस्ता ठूला घस्रिने जन्तुहरु पाईदै आएको छ । विश्वमै दुर्लभ मानिएको सारश जगदिशपुर तालमा देखिन्छन् । उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो चरा सारस हो ।
करिव १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा भएकाले नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित गरेको ९ पंक्षी प्रजातिमध्ये एक हो । नेपालमा बढीमा ४ सय सारस भएको अनुमान गरिएको छ । जसमा कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० बढी सारस रहेको चराविद्हरु बताउँछन् । तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्के्मिनिस्तान र किर्गिस्तान लगायतका देशबाट चराहरु आउने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न नेपालको तराईतिर आउने गर्दछन् ।
त्यस्तै जाडोका बेला पर्ने हिउँले उनीहरुले आहार नपाउँदा पनि चरा यता आउने गरेको यहाँ गर्मी हुन थालेपछि फेरी उतैतिर फर्कने गर्दछन् । जगदिशपुर ताल संरक्षणका लागि जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च, कपिलवस्तु नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला बन कार्यालय, वाणगंगा सिंचाई आयोजना, बर्ड कन्जरभेसन नेपाल, नेपाल पत्रकार महासंघ कपिलवस्तु लगायतले सहकार्य गरिरहेका छन् ।
।