सूचनाको शक्ति - The Power Of Information

        

८५० भन्दाबढी कैदीलाई आममाफी दिइने


काठमाडौं । सरकारले ८५० भन्दा बढी कैदीलाई आममाफी दिने तयारी गरेको छ । आममाफीका लागि कारागार ब्यवस्थापन विभागले पेश गरेको ८५० भन्दा बढी कैदीको सूचीलाई गृह मन्त्रालयले अन्तिम रुप दिने तयारी गरिरहेको छ ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपतिले स्वीकृत गरेपछि आममाफी कार्यान्वयनको प्रकृयामा जान्छ । सरकारले दशै र गणतन्त्र दिवशको अवसर पारेर हरेक वर्ष कैदीलाई आममाफी दिने गरेको छ । ४० प्रतिशत सजाय काटेका र असल चालचलन भएका कैदीहरु मात्र यसको हकदार हुन्छन् ।
तर विभिन्न २३ कसुरमा भने आम माफी दिन नमिल्ने ब्यवस्था छ । जिल्ला कारागार र जिल्ला प्रशासन प्रमुखले सिफारिस गरेपछि कारागार ब्यवस्थापनले देशभरबाट आएका त्यस्ता सिफारिसमध्येबाट सुची तयार गर्छ र त्यसलाई गृहले अन्तिम रुप दिने गर्दछ ।
स्रोतका अनुसार यस किसिमका आम माफी राजनितिक लबिङको प्रभाव पनि अत्यधिक रहने गर्दछ । सरकारले गत दशैको उपलक्ष्यमा देशभरका ४३३ कैदीलाई आम माफी दिएको थियो । कारागार ब्यवस्थापन विभागका अनुसार हाल देशभरका कारागारमा करिब २० हजार कैदीबन्दी छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ११:५६