काठमाडौं । भनिन्छ, समयले केही कुराको निर्धारण गर्दैन यसले कसरी बाँच्ने भन्ने बाटो देखाउँछ । यहि भनाईका बिम्ब हुन्, नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । विश्व कम्युनिस्ट राजनीतिमा ठूलो नाम स्थापित गर्न सफल प्रचण्ड राजनीतिको केन्द्रविन्दुमा छन् । उनलाई कसैले घेराबन्दी गर्न सकेन बरु उनले घेराबन्दी गरेर देखाए ।
ति प्रचण्ड भावना र संवेदनाका अगाडीचाहीँ निरिह छन् । उनलाई संवेदनाले घेरेर राखिरह्यो, राजनीतिक अभियानका क्रममा । ‘कम्युनिष्ट आन्दोलनका लागि कतिपय समय केही नखाई हिँडियो, ढिँडो खाएर रात काटियो, जनताका घरमा खाइयो होला ति दिन म सम्झन्छु,’ नेपाल कम्युनिष्ट पार्टी घोषणाका क्रममा पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए । थोरै भावुक भएका प्रचण्ड कति कठिन परिस्थितिमा राजनीतिक जीवनलाई अगाडी बढाइरहेका छन् ?
उनले भन्ने गरेका छन्,‘लाखौं कार्यकर्ता मेरा सन्तानजस्तो लाग्छ । उनीहरूको मुहारमा सन्तानको तस्बिर देख्ने गर्छु ।’
०५२ सालतिर आमा भवानीदेवी दाहाल क्यान्सरबाट पीडित भई वीर अस्पतालमा निधन भएको थियो । राजनीतिक जीवनको ठूलो फड्कोको योजना बोकेका प्रचण्ड आमाको निधनले कमजोर भएनन् । त्यो शोकलाई शक्तिमा बदल्ने प्रयासमा एउटा विशाल युद्ध राजनीतिबाट कम्युनिस्ट पार्टी स्थापनामा सफल भए । तर आमा गुमाउनुको पीडा मनका कुनै कुनामा प्रचण्डले राखेकै थिए । चार वर्षअघि जेठी छोरी ज्ञानु दाहालको निधन भयो ।
क्यान्सरबाट प्रताडित ज्ञानुको अमेरिका, भारतलगायतमा उपचार हुन नसकेपछि काठमाडौंको ओम अस्पतालमा राखिएको थियो । ४० वर्षको उमेरमा ज्ञानुको निधन हुँदा प्रचण्डले पहिलो सन्तान गुमाउनुको पीडालाई गहभरी लुकाउँदै राजनीतिक अभियानलाई जारी राखे । उनले भन्ने गरेका छन्,‘लाखौं कार्यकर्ता मेरा सन्तानजस्तो लाग्छ । उनीहरूको मुहारमा सन्तानको तस्बिर देख्ने गर्छु ।’ प्रचण्ड नेतामात्र नभएर एउटा छोरो, एउटा बाबु पनि हुन् । परिवारसँगको भावनात्मक लगाव र संवेदनाको बेग्लै कसी हुन्छ ।
उनको छातीले छोरी गुमाउनुको भावलाई छिचोल्दै गर्दा गत वर्ष एक्ला छोरा, सन्तान मध्येका कान्छा प्रकाश दाहालको ‘सडेन’ देहान्त भयो । सन्तान गुमाउनुको पीडा त्यसबेला प्रचण्डको आँखाले निरन्तर देखाइरहेको थियो । प्रकाश राजनीतिक जीवनमा प्रचण्डका कुशल उत्तराधिकारीको रूपमा उदाउने क्रममा थिए । त्यसैले पनि श्रद्धाञ्जली सभामा प्रचण्डले भनेका थिए,‘प्रकाश दाहाल राजनीतिक रुपमा परिपक्व हुनेतिर लम्किरहेको आभाष भइरहेको थियो । उनी राजनीतिक रुपमा अलिक सक्रिय नै थिए ।’
प्रचण्डले राजनीतिक जीवनलाई गति दिनुपर्ने भएकाले छोराको निधनलाई असामान्यबाट सामान्यतिर सोच्दै जाँदा सँधै विझिरहने पीडा पत्नी सीताको अवस्था पनि हो । प्रकाशलाई औधी माया गर्ने सीता अहिले पनि त्यो विक्षिप्तताबाट पूर्णरूपमा बाहिर निस्कन सकेकी छैनन् । आफ्नो राजनीतिक जीवनमा मातापीताको देहान्तदेखि दुई सन्तान गुमाउनुपर्दाको पीडामा उभिँदा पनि प्रचण्ड राजनीतिलाई चलायमान र देशलाई विकासको अगाडीको बाटोतिर लैजाने प्रयासमा जुटिरहेका छन् । यसैका लागि पनि उनले लामो समयको राजनीतिक संघर्षबाट स्थापित नेकपा माओवादी केन्द्रको एकीकरण नेकपा एमालेसँग गराएका हुन् ।
परिवारलाई समय
प्रचण्डले आफुपछिका पुस्ताका हरेक विषयमा चासो दिने गरेका छन् । राजनीतिक व्यस्तताका बाबजुद उनले विभिन्न क्षेत्रमा लागेका नाती नातिना र साना केटाकेटीलाई पनि समय दिने गरेका छन् । छोराछोरीलाई पर्याप्त समय दिने समयमा उनी राजनीतिक संघर्षको दौरानमा रहेका कारणले नाती नातिनालाई समय दिन थालेका हुन् । उनकी कान्छी छोरी गंगापुत्री स्मीता दाहाल गायन क्षेत्रमा अब्बल छिन् । उनका हरेक कार्यक्रम, एल्बम विमोचनलगायतमा प्रचण्डले समय दिँदै आएका छन् ।
प्रकाशपुत्रहरूलाई घरमा राखेका छन्, आफु फुर्सद भएका बेलाको समय नातीनातिनालाई नै दिने गरेका परिवारका सदस्य बताउँछन् । ‘धेरै समय राजनीतिक भेटघाटमा वितेपनि परिवारलाई अहिले समय दिने गर्नुभएको छ,’ पारिवारिक स्रोतले भन्यो, ‘त्यसैले कहिलेकाहीँ परिवारसँग समय बिताउन बाहिर जाने समेत गरेका छौं ।’ त्यसो त पुत्रको श्रद्धाञ्जली सभामा उनले भनेका थिए, ‘आमाबुवा भएर लामो समय दिन सकिएन । सामान्य हिसाबले समय दिन नसक्नु कमजोरी नै रहेको थियो ।’ तर पनि उनमा परिवारप्रतिको संवेदनामा भने कुनै कमी छैन ।
।