सूचनाको शक्ति - The Power Of Information

        

आयल्स पढाउने भरपर्दो माध्यम ग्रेस इन्टरनेश्नल

बाँके । ग्रेस इन्टरनेशनल नेपालगन्जले शिक्षा क्षेत्रमा गुणस्तरमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ । २०६१ सालदेखि नेपालगन्जमा कोरियन र अष्ट्रेलियन भाषा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ग्रेसले जनाएको छ ।
आयल्स पढाउने भरपर्दो माध्यम नै ग्रेस रहेको दावी गरेको छ । अंग्रेजी भाषा पढ्नको लागि काठमाडौं जानु नपर्ने ग्रेस इन्टरनेशनल नेपालगन्जका डाइरेक्टर रामविचारी थारुले जानकारी गराए । नेपालगन्जमा आयल्स पढ्न बिद्यार्थीहरुको संख्या बढ्दै गएको ग्रेसले जनाएको छ ।
‘बिदेशमा पढ्न जानका लागि कुनै पनि विद्यार्थीहरुको अंग्रेजी भाषाको क्षमता परिक्षणका लागि आयल्स पढ्नु पर्छ,’ उनले भने । नेपालगन्जमा बिभिन्न संस्थाहरुले आयल्स कक्षाहरु सञ्चालन गरिरहेका छन्, तर अधिकांस संस्थाहरु ब्रिटिस काउन्सीलबाट अनुमति प्राप्त छैनन् ।
नेपालगन्जमा आयल्स पढाउनका लागि ब्रिट्रिस काउन्सीलबाट मान्यता प्राप्त ग्रेस मात्र रहेको म्यानेजिङ डाइरेक्टर थारूले बताए । उनले आयल्सको परीक्षा क्याम्ब्रिज युनिर्भसिटिले लिने गर्दछ । जसमा ब्रिट्रिस काउन्सीलबाट अनुमति प्राप्त र दक्ष प्रशिक्षक नभएका संस्थामा पढ्दा विद्यार्थीहरु परीक्षामा पास नहुने, लगानी खेर भैरहेकाले गुणस्तरीय शिक्षा बुझेर मान्याता प्राप्त ईन्सिच्यूटमा पढ्न, पढाउनको लागी सम्पुर्ण विद्यार्थीहरुमा र अभिभावकहरुमा आग्राह समेत गरे ।
नेपालगन्जमा पछिल्लो समय एजुकेशनका हब बन्दै गएको आयल्सका शिक्षक विष्णु गिरीले जानकारी दिए । यस्तै ग्रेस इन्टरनेशनल नेपालगन्जले यही जेठ १० गते अष्ट्रेलिया किन जाने, अष्टे«ेलिया गएपछि केके सेवा सुुविधा पाइन्छ लगायतका विषयमा जानकारी गराउन नेपालगन्जमा सेमिनार आयोजना गरिएको डाइरेक्टर थारुले जानकारी दिए । ग्रेस नेपालगन्जले २०१८ सालमा १९ जना विद्यार्थीको भिसा पारेको जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतवार ०५:४७