सूचनाको शक्ति - The Power Of Information

        

दल दर्ता गर्न ओली र प्रचण्ड निर्वाचन आयोगमा


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि नयाँ दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका नेता प्रचण्ड आफैं निर्वाचन आयोग पुगेका छन् । दुवै पार्टी विघटन र नेपाल कम्युनिस्ट पार्टी गठनको घोषणा गरेपछि ६० प्रतिशत केन्द्रीय समिति सदस्यको हस्ताक्षर लिएर नेताहरु आयोगमा पुगेका हुन् ।
संयुक्त केन्द्रीय समितिको बैठकले सुवास नेम्बाङ र देव गुरुङलाई दल दर्ताका लागि अधिकार दिएको थियो । दल दर्ताका लागि ओली, प्रचण्ड तथा माधव नेपाल, वर्षमान पुन लगायतका नेता आयोग पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीको नाम पहिले नै दर्ता भइसकेकाले सोही नाममा अर्काे पार्टी दर्ता गर्न नमिल्ने आयोगले जनाउँदै आएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ११:४१