सात सयलाई रात्रीभोजको तयारी हुँदै, कामदारसँगै नेपाली सेनाका जवानलाई भ्याइनभ्याइ
।
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एकताको खुशी आदान प्रदान गरिरहेका छन् यतिखेर । उनीहरुलाई भ्याइनभ्याई छ, आफ्नै र जोडिँदै गरेका दलका नेतासँग भलाकुसारी गर्न । ठीक त्यतिखेर नै भ्याइनभ्याइ छ कामदारहरुलाई बालुवाटारभित्र । झिलमिल बत्ती बाल्न जुटेकादेखि नेपाली सेनाका जवानहरुसमेत पार्टी एकतालाई भब्य बनाउन मेहनत गरिरहेका छन् ।
झिलमिल बत्ती टाँग्नेहरुसँगै बालुवाटारमा हुने भोजका लागि पाल टाँग्दैछन् सैनिक जवानहरु । उनीहरुले ट्रकमा नै सायर र पाल बोकेर बालुवाटार पुर्याएका थिए । यहाँ ७ सय जनाका लागि भोजको तयारी हुँदैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी नाममा एक हुँदैछन् । त्यसैको खुशीमा बालुवाटारलाई सजाइँदैछ ।
।