सूचनाको शक्ति - The Power Of Information

        

एमाले–माओवादी एकतापछि स्थायी समितिको आकार बढ्यो

बुधबार बालुवाटार बैठकपछि ओली–दाहाल

बुधबार बालुवाटार बैठकपछि ओली–दाहाल


काठमाडौं । एमाले माओवादी केन्द्रले पार्टी स्थायी समितिको संख्यामा बृद्धि गर्ने भएका छन् । यसअघि ४३ सदस्यीय स्थायी समिति गठन गर्ने भनिएकोमा २ सदस्य बढाएर ४५ सदस्यीय स्थायी समिति गठन गरिने भएको छ ।
आज विहान बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले स्थायी समितिको संख्या बढाउने निर्णय गरेको हो । अब स्थायी समितिमा एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ सदस्य हुनेछन् । सो बैठकले पार्टीको प्रवक्तामा माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ र महासचिवमा एमालेबाट बिष्णु पौडेललाई बनाउने निर्णय गरेको छ ।
साथै बैठकले नेताहरुको बरियताको टुङ्गो पनि लगाएको छ । बरियतामा दुई अध्यक्ष क्रमश केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १०:२५