सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पार्टी ‘नेकपा’को पहिलो बैठक गोकर्ण रिसोर्टमा


काठमाडौ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने भएको छ । बालुवाटारमा चलिरहेकोे एकता संयोजन समिति बैठकमा रहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने जानकारी दिएका हुन् ।
एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने यसअघि नै सहमति भैसकेको छ । तर, निर्वाचन आयोगमा यही नामको पार्टी पहिले नै दर्ता भइसकेको केही अन्योल भने छ । एमाले र माओवादीबीच आज बेलुका राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा गर्ने तयारी हुँदैछ । त्यसअघि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी विघटन गर्नेछन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०९:४५