सूचनाको शक्ति - The Power Of Information

        

दुई ठुला कम्युनिष्ट पार्टीबीचको एकता घोषणा पक्का !


काठमाडौं । कुनै अप्रत्यासित घटना भएन भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भोली बिहीबार नै पार्टी एकता हुने भएको छ । पार्टी एकताका लागि दुवै दल आन्तरिक तयारीमा जुटिसकेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता सहमति जुटेको हो । वार्तामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री वली र माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टी एकता गर्न सहमत भएका छन् ।
एकीकरणअघि दुवै पार्टीका केन्द्रीय कमिटी बैठक बसेर मान्युट गरेपछि मात्र निर्वाचन आयोगमा जानकारी दिनुपर्छ । यसैको तयारीका लागि एमालेले आज स्थायी समिति र भोली बिहान केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ भने माओवादीले पनि आजै केन्द्रीय कार्यालयको बैठक बोलाएर छलफल गरिरहेको छ ।
दुई पार्टीको बैठकमा एकताका अनुमोदन गराउने तयारी भएको छ । एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ ।
यद्यपी एमाले उपमहासचिव बिष्णु पौडेलले भने संयोजन समितिको बैठकपछि मात्र टुंगो लाग्ने बताएका छन् । उनले दुवै अध्यक्षको भनाईलाई उधृत गर्दै भने, ‘एकता ‘अनप्रोग्रेस’मा छ । मैले दुबै अध्यक्षलाई सोधेँ । उहाँहरुले एकीकरणको बारेमा वर्क अनप्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’

एमाले उपमहासचिव बिष्णु पौडेलले दुवै अध्यक्षको भनाईलाई उधृत गर्दै भने, ‘एकता ‘अनप्रोग्रेस’मा छ । मैले दुबै अध्यक्षलाई सोधेँ । उहाँहरुले एकीकरणको बारेमा वर्क अनप्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’

स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन । माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५–३० जना बढी केन्द्रीय सदस्य रहनेछन् । पोलिटव्यूरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ । पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् । सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।
यद्यपी एमाले उपमहासचिव बिष्णु पौडेलले भने संयोजन समितिको बैठकपछि मात्र टुंगो लाग्ने बताएका छन् । उनले दुवै अध्यक्षको भनाईलाई उधृत गर्दै भने, ‘एकता ‘अनप्रोग्रेस’मा छ । मैले दुबै अध्यक्षलाई सोधेँ । उहाँहरुले एकीकरणको बारेमा वर्क अनप्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’
स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन । माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५–३० जना बढी केन्द्रीय सदस्य रहनेछन् । पोलिटव्यूरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ । पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् ।
मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका हुन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । भण्डारीको स्मृतिमा भोली बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ विशेष वक्ताको रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनेछन् ।
एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रतिको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यार्पण गर्ने, ११ बजे एमालेको केन्द्रीय समिति बैठक बस्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत पार्टी एकताको घोषणा गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ । मदन आश्रति स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइसकेको छ । एमाले र माओवादीले १७ असोजमा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गरेका थिए । त्यसअनुसार प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०–४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनाएका छन् ।
केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनले दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सातबुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेलिनवाद’ हुने सहमाति छ । दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन ।
बरु बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन । यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । तर, बुधबारको बैठकमा ब्रेक थ्रु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ११:०४