अछाम । साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ । सुल्पा, मादललगायत सामग्री बनाएर गाउँगाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् ।
साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन् । वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०–५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गरेका छन् भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लागेका छन् ।
बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताए । ‘पहिलेको जस्तो मागेर खाने अवस्था छैन,’ उनले भने, ‘पहिलेको जस्तो बिक्री हुदँैन, जीवन धान्न व्यापार शुरु गरेको छु ।’ यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थालेका छन् ।
नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उनी निकै खुशी छन् । शान्ताको श्रीमान् बितेको सात वर्ष भयो । ‘श्रीमान् हँुदा जेनतेन गुजारा हुन्थ्यो । उहाँ बितेपछि निकै समस्या भयो । पैसा नहँुदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,’ उनले भने, ‘खेतीपाती गर्नलाई जमिन छैन ।’ जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताए ।
‘बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हाँै,’ उनले भने । बादी समुदायको दुई परिवार साँफेबगर नगरपालिका–४ मष्टामाण्डाँैमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तरगत शहरी विकासले रु दुई लाख २५ हजारमा घर निमार्ण गरेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ । रासस
।