बाँके । पुर्खाको बिंडो एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुन्छ, त्यो पनि हरेक पेसा व्यवसाय छोरामा नै । तर बाँके चिसापानीकी ३२ वर्षीया निरु परियारले भने आफ्नो पुर्ख्यौली पेसालाई जीविकोपार्जनको आधार बनाएकी छिन् । सुर्खेतबाट बसाई सरेर बाँकेको चिसापानी आएको उनको परिवारको मुख्य स्रोत सिलाइकटाई नै हो । उनले पनि यही पेसाबाट उनले सन्तानको शिक्षादीक्षामा योगदान गरिरहेकी छिन् ।
निरुका बुवा नरबहादुर कपडा सिलाउन सिपालु थिए । उनी कामकै सिलसिलामा २०४६ सालमा भारततर्फ लागेका उनले आफ्नै सीप अनुसारको कपडा सिलाउने पेशा पाए । भारतमा कपडा सिलाउने पेशा राम्रो आम्दानी हुँदै गएपछि छोराछोरीलाई पनि आफुसगै लगे । राम्रो कमाइ हुने देखेर २०५१ सालमा छोरा पदम र महेश परियारलाई समेत आफूसँगै लगे । त्यही क्रममा छोरी निरु पनि बाबुसँगै भारत पुगिन् ।
उनले आठ वर्षको उमेरमा आमा बुवाबाट सिलाई कटाई सिकेकी हुन् । छोराहरूले भारतमा सिलाई कटाई सिकेर राम्रो कमाई गर्न थालेपछि अहिले आफैले सिलाई सेन्टर खोलेका छन् भने निरु पनि सिलाई कटाई सकेर नेपाल फर्किइन् र चिसापानीमा आफ्नै सिलाई पसल सञ्चालन गरेर आम्दानीको स्रोत बनाउँदै आएकी छन् ।
निरुले सुर्खेतको जनज्योती माध्यामिक विद्यालय बजेडिचौरबाट पाच कक्षासम्म मात्र अध्ययन गरेकी छन् । पढेर के हुन्छ, सीप सिके त आफैंमा आत्मनिर्भर भैहालिन्छ भनेर पढाई पुरा गर्न नपाएकोमा उनलाई अहिले दुःख लाग्छ । उनी आफु पढाईमा निकै राम्रो रहेको बताउछिन् । उनले २०५९ सालमा सल्यान माझकाँडाका उमेश नेपालीसग विवाह गरिन् । उनका श्रीमान् सरकारी जागिरे भए पनि निरु आत्मनिर्भर हुनुपर्ने बताउछिन् ।
उनी भन्छिन्, ‘आफ्नै खुट्टामा आफैं उभिन सक्नुपर्छ । श्रीमान्को जागिरभन्दा मेरो पसलको कमाई धेरै हुन्छ । त्यसैले पसल छोड्न सकेकी छैन ।’ उनका छोरा विवेक नेपाली कोहलपुरको एक बोर्डिङ्ग स्कूलमा पाँच कक्षामा पढ्छन् । निरुको पसलमा दिनभरीमा ५–७ जोरसम्म कुर्ता सलवार सिलाई हुन्छ । बिहान ६ बजेदेखि बेलुका ११ बजेसम्म काम गर्ने गरेको उनी बताउछिन् । निरुको ग्राहकप्रतिको व्यवहार पनि निकै मिजासिलो छ । उनले गर्ने व्यवहारबाट पनि पसलमा घुइचो लाग्ने गरेको छ ।
चिसापनीकै मिना शाहीले सिलाई राम्रो र सस्तो भएकाले आफु सधैं निरुको पसलमा सिलाउन आउने गरेको बताइन् । ‘महिला परिश्रमी, मेहनती र लगनशील हुने हो भने सुखमय जीवनका लागि जागिर नै खानुपर्छ भन्ने छैन,’ निरुको ठहर छ । निरुको व्यवसाय निकै चलेपछि उनले केही स्थानीय महिलालाई काममा लगाएकी छन् । आफुले नाप अनुसारको ग्राहकको कपडा काट्ने गर्छिन् भने उनीसगै काम गर्नेहरूले कपडा सिलाउछन् ।
उनी मासिक ५० हजार रुपैंयासम्म कमाई हुने बताउ“छिन् । श्रीमान्ले सरकारी जागिरबाट महिनामा १५ हजार रुपैंया तलब पाउ“छन् । दुईजनाको कमाई हेर्ने हो भने निरुले श्रीमान्भन्दा ४८ हजार रुपैया“ बढी कमाउ“छिन् । निरुको कमाईले घरखर्च र सन्तानको पढाई खर्च सजिलै पुगेको छ । निरुले आपूmले गरेको आम्दानीले कोहलपुरमा १३ धुर जग्गासमेत किनिसकेकी छिन् ।
उनी भन्छिन्, ‘श्रीमान्को कमाईले परिवार पाल्न ठिक्क हुन्थ्यो । मैले कमाउन थालेपछि जग्गा किनेर घर बनाउन सफल भयौं ।’ निरुका श्रीमान् पनि उनको काम देखेर निकै खुशी छन् । ‘पसल नछाड्ने बरु बढाउ“दै जाने भनेर मलाई उक्साउनु हुन्छ उहा (श्रीमान्)ले,’ उनले खुशी हुदै बताइन् ।
।