काशीराम शर्मा । सुर्खेत (हर्रे) । सुन्दा अचम्म लाग्न सक्छ, सुर्खेत भेरीगंगा नगरपालिकास्थित हर्रेका कृषकहरुले टमाटर खेती गर्न थालेपछि आम्दानीबाट गाडी मालिकसम्म बनेका छन् । टमाटर खेती गरेर कृषकहरु गाडी मालिकसम्म बने । टमाटरसहित अन्य तरकारी खेती गर्न थालेपछि सानो हर्रे, ठुलो हर्रेका दुर्गाबहादुर खत्री, टेकबहादुर खत्री, विरबहादुर खड्का, नरबहादुर खडका, डिलबहादुर वली र टेकबहादुर रानाले छुट्टाछुट्टै बस किनेका छन् ।
अन्नबाली गर्दा बर्षभरी खानसम्म नपुग्ने कृषकहरु व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेपछि बार्षिक रुपमा घरखर्च चलाएर बचतसमेत गर्न थालेका छन् । हर्रेका सयबढी कृषकहरुले व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेका छन् । ‘तरकारी खेती गर्न थालेपछि अर्काको मजदुरी गर्नुपर्ने बाध्यता हराएको छ । बार्षिक रुपमा प्रतिपरिवारले ५० हजारदेखि ३ लाख सम्म आम्दानी गर्ने गरेका छौं,’ कृषक कमला खत्रीले बताइन् । अन्नबालि गर्दा खान सम्म नपुग्ने कृषकहरुले व्यवसायीक तरकारी खेती गर्न थालेपछि बार्षिक रुपमा दुई लाख सम्म बचत गर्ने गरेका छन् ।
‘तरकारी खेती गर्न थालेपछि अर्काको मजदुरी गर्नुपर्ने बाध्यता हराएको छ । बार्षिक रुपमा प्रतिपरिवारले ५० हजारदेखि ३ लाख सम्म आम्दानी गर्ने गरेका छौं ।’
घर खर्च कटाएर बचत रकमबाटै दुई वटा बस किनेको बताउँदै कृषक कमला खत्रीले टमाटर खेती हर्रे क्षेत्रको मुख्य खेती रहेको बताइन् । सिचाई सुविधा विनापनि टमाटर खेती गर्न सकिने र टमाटरको बजार मूल्य धेरै पाइने उनको सिकाई रहेको छ । टमाटर, खुर्सानी, गोपीको व्यवसायीक खेती गरिने छिन्चुको हर्रे, मुरली खोलाबाट उत्पादीत तरकारीलाई सहज रुपमा बजार व्यवस्थापन गर्नका लागि जिल्ला कृषि विकास कार्यालय सहित विभिन्न संघ संस्थाले तरकारी संकलन केन्द्रको स्थापना गरेका छन् ।
‘गहुँ, मकै, धान खेती गर्दा बर्षभरी खान पुग्दैनथ्यो । बर्षभरीको खर्च जुटाउन भारत मजदुरी गर्नुपर्ने बाध्यता रहेको थियो । व्यवसायीक तरकारी खेती गर्न थालेपछि मजदुरी गर्न बाहिर जानुपर्दैन,’ तरकारी कृषक पुष्पा खत्रीको भनाई थियो । पहिले घर खर्च चलाउन गाह्रो हुने गरेको तर हाल छोरा छोरीलाई बोडिङ विद्यालयमा पढाएरपनि बाहिर ऋण लगानी गरिरहेको उनले बताईन् । हर्रेमा तरकारी खेतीहरु मध्य टमाटर खेती बसैभन्दा राम्रो हुने गरेको छ । टमाटर खेतीका लागि उपयुक्त माटो भएकाले अन्य ठाउँको तुलनामा टमाटर धेरै फल्ने गरेको छ ।
‘गहुँ, मकै, धान खेती गर्दा बर्षभरी खान पुग्दैनथ्यो । बर्षभरीको खर्च जुटाउन भारत मजदुरी गर्नुपर्ने बाध्यता रहेको थियो । व्यवसायीक तरकारी खेती गर्न थालेपछि मजदुरी गर्न बाहिर जानुपर्दैन ।’
प्रतिरोपनीबाट एक सिजनमा ५० देखि ७० हजार रुपैयाँ सम्म आम्दानी हुने र प्रति बोटबाट ८ देखि १५ केजि सम्म टमाटर फल्ने गरेको कृषकहरुको भनाई रहेको छ । स्थानीय स्तरमा उत्पादन भएको टमाटर कोहलपुर, नेपालगंज, छिन्चु, वीरेन्द्रनगर लगायतका स्थानमा खपत हुने गरेको छ । हर्रे, मसिना, मुरली खोलाका कृषकहरुले २०५२ सालदेखि तरकारी खेती गर्न थाले पनि उनीहरुले व्यवसायीक रुपमा टमाटर उत्पादन गर्न थालेको भने करिब १० बर्ष पुगेको छ । तरकारी खेतीलाई व्यवसायीक रुपमा विकास गर्न जिल्ला कृषि, सिप्रेट, सिमी नेपालले महत्वपूर्ण योगदान पु¥याएको कृषकहरुको भनाई रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्लाका हर्रे, मसिना, तोलिखोला, साहारे, कुनाथरीका केही स्थानलाई टमाटरको पकेट क्षेत्र घोषणा गरेको छ । तरकारी खेतीबाट सुर्खेतका कृषकहरुले बार्षिक रु १५ करोड रकमको कारोवार गर्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ । तरकारी, खाद्य उत्पादनमा सुर्खेत आत्मनिर्भर रहेको भएपनि केहि गाविसमा भने खाद्यान्न संकट हुने गरेको छ । जिल्लाका लगाम, बेतान, तरंगा, छाप्रे, घाटगाउँ, पोखरीकाँडा गाविसमा खाद्य उत्पादकत्व कम रहेको छ ।
सुर्खेतमा आलु, काँक्रा, टमाटर, खुर्सानी, भाँटा, बन्दा गोपि, काउलीको उत्पादन बढी हुने गरेको छ । कम उत्पादकत्व, खेतीयोग्य जमिनको अभाव, सिचाई सुविधाको अभाव, आधुनिक र व्यवसायीक खेती प्रणालीका बारेमा जानकारी अभाव हुँदा पश्चिम सुर्खेतका केही क्षेत्रहरुमा खाद्यान्न कम उत्पादन हुने गरेको छ ।
सुर्खेतमा आलु, काँक्रा, टमाटर, खुर्सानी, भाँटा, बन्दा गोपि, काउलीको उत्पादन बढी हुने गरेको छ । कम उत्पादकत्व, खेतीयोग्य जमिनको अभाव, सिचाई सुविधाको अभाव, आधुनिक र व्यवसायीक खेती प्रणालीका बारेमा जानकारी अभाव हुँदा पश्चिम सुर्खेतका केही क्षेत्रहरुमा खाद्यान्न कम उत्पादन हुने गरेको छ । जसका कारण ती क्षेत्रमा खाद्यान्न अभाव हुने गर्छ । लगाम, बेतान, गुठु, घाटगाउँ, पोखरीकाँडा र तरंगा लगायतका क्षेत्रमा खाद्यान्न कम उत्पादन हुँदा जोखिममा परहेका हुन् । खाद्य उत्पादनमा अन्य जिल्ला भन्दा सुर्खेत अगाडी भए पनि केही क्षेत्रमा भने खाद्यान्न अभाव देखिन्छ ।
अन्य जिल्लाको तुलनामा सुर्खेत आलु र अन्य ताजा तरकारी उत्पादनमा अगाडी रहेको छ । सात–आठ बर्ष पहिले नेपालगन्जबाट आलु भित्रिने गरेकोमा हाल जिल्लाकै आलु र हरियो ताजा तरकारी विक्रीका लागि बाहिरी जिल्लासम्म पुग्ने गरेको जनाइएको छ । स्थानीय आलु र हरियो ताजा तरकारी सुर्खेत, दैलेख, कालिकोट, बाँके, दाङ लगायतका जिल्लाहरुमा खपत हुने गरेको छ । व्यावसायीक तरकारी खेतीले बाहिरी जिल्लाबाट भित्रिने तरकारीलाई विस्थापित गरिसकेको छ ।
व्यवसायीक रुपमा कृषकले उत्पादन गर्ने तरकारीलाई संकलन, विक्री वितरण गर्नका लागि ठाउँठाउँमा तरकारी संकलन केन्द्र स्थापना गरिएका छन् भने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले साहारे, राकम, रामघाट, अवलचिङ, कुनाथरी र बावियाचौर लगायतका क्षेत्रमासेवा केन्द्र स्थापना गरेर कृषकलाई परामर्श जस्ता सहयोग उपलब्ध गराइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाका हर्कबहादुर खत्रीको आम्दानीको मुख्य स्रोत आलु खेती बनेको छ । २०५२ सालबाट व्यवसायीक आलु खेती गर्न थालेका खत्रीले थोरै जमिनबाट पनि परिवारको खर्च छुटयाएर बार्षिक रु ८० हजारसम्म बचत गर्ने गरेका छन् ।
सात–आठ बर्ष पहिले नेपालगन्जबाट आलु भित्रिने गरेकोमा हाल जिल्लाकै आलु र हरियो ताजा तरकारी विक्रीका लागि बाहिरी जिल्लासम्म पुग्ने गरेको जनाइएको छ । स्थानीय आलु र हरियो ताजा तरकारी सुर्खेत, दैलेख, कालिकोट, बाँके, दाङ लगायतका जिल्लाहरुमा खपत हुने गरेको छ ।
उनी आलु उत्पादन गर्ने कृषकका नामले मात्रै चिनिएका छैनन् । जिल्लाका एक आलु खेतीका गुरुसमेत बनेका छन् । आलुको विउ उत्पादन र आलु खेतीको बारेमा राम्रो ज्ञान उनीसँग रहेको छ । उनी आलु खेतीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन् । खत्रीले भने, ‘पहिले घर खर्च चलाउँनै मुस्किल पथ्र्यो व्यवसायीक रुपमा आलु खेती गर्न थालेपछि घर खर्च जुटाउन सजिलो भएको छ ।’ उनीसँग रहेको १६ कठ्ठा जमिनमा बर्षमा दुई पटक प्रत्यक बालीमा ७ क्वीन्टर बरावर आलु लगाउने गरेका छन् । प्रतिकठ्ठा ६० किलो आलुको विउ खपत हुने उनको सिकाई रहेको छ । तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सकिने खत्री नमूना पात्र बनेका छन् ।
‘छोराछोरीलाई व्यवसायीक र रोजगारमूलक शिक्षा पढाएको छु । बार्षिक केहि रकमसमेत बचत गर्ने गर्छु । खेत बाँझो बस्न पाउँदैन । बर्षमा तीन बालीसम्म निकाल्ने गरेको छु,’ उनको भनाई छ । खेत बारीमा धान र गहुँ कम फल्न थालेपछि उनले व्यवसायीक आलु र अन्य ताजा तरकारी उत्पादनको बाटो रोजेका हुन् । खत्रीले आफ्नो अध्यक्षतामा २०६१ सालदेखि कृषि सहकारीसमेत गठन गरेर कृषकहरुलाई सहुलियत दरमा आलुको विउ उपलब्ध गराउने, व्यवसायीक तरकारी खेती गर्न सहुलियत दरमा ऋण प्रदान गर्ने, नवआगन्तु कृषकहरुलाई आलु र तरकारी खेती गर्न परामर्श दिने गरेका छन् ।
‘छोराछोरीलाई व्यवसायीक र रोजगारमूलक शिक्षा पढाएको छु । बार्षिक केहि रकमसमेत बचत गर्ने गर्छु । खेत बाँझो बस्न पाउँदैन । बर्षमा तीन बालीसम्म निकाल्ने गरेको छु ।’
खत्री कृषकहरुको प्रेरणाको स्रोत बन्नुका साथै उनी कृषकहरुका गुरु पनि भएका छन् । अगुवा कृषक भएर नयाँ कृषकहरुलाई परामर्श सिप सिकाउने गरेका छन् । लाटीकोइलीकै कृषक प्रेमबहादर चौधरी भन्छन्, ‘तरकारी खेतीबाट एक्दमै सन्तुष्ट छु, बार्षिक १ लाख २५ हजारभन्दाबढी आम्दानी हुन्छ । पहिलेको तुलनामा उत्पादन बृद्धि भएको छ ।’ स्थानीय कृषक फूलवस्या चौधरीले पनि तरकारी खेतीबाटै आफ्नो परिवारको जिविकोपार्जन चलाइरहेको बताइन् । उनका अनुसार कृषक पाठशालामा साप्ताहिक रुपमा कृषकहरु भेला भएर तरकारी लगाउने तरीका, तरकारीको सुरक्षा, किटनाशक औद्यधिको प्रयोगका बारेमा छलफल गर्ने गरिन्छ । यसले पनि उनीहरुलाई फाइदा हुने गरेको छ ।
।