सूचनाको शक्ति - The Power Of Information

        

पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकतामा


रेनुका गिरी । बुटवल । प्रदेश नं ५ को बजेट अधिवेशन सोमबारदेखि शुरु भएको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठकमा सोमबार मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन बिधेयक पेश गरे ।
बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए ।
मुख्यमन्त्री पोखरेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिँदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकतामा रहने बताए । उनले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट विनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०४:३६