सूचनाको शक्ति - The Power Of Information

        

नेपाली डेरी उद्योगलाई थला पार्न अमूलको नेपाल प्रवेशको तयारी, काँग्रेस महामन्त्री कोइरालाको साथ


काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री सशांक कोइरालाको नेतृत्वमा भारतको अमुल डेरीलाई नेपालमा ल्याउने तयारी भइरहेको छ । नेपाली पार्टनरका रुपमा कोइरालाको ५१ र अमूलको ४९ प्रतिशत शेयर रहने गरी अमूल नेपाल प्रवेश गर्न लागेको हो ।
नेपालमा कृषिजन्य उत्पादन पोल्ट्री फार्म, माछापालन, मौरीपालनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबन्ध छ । डेरी उद्योगमा वैदेशिक लगानी नेपालमा आएमा नेपालमा करिब २० अर्बको हाराहारीमा रहेको नेपाली उद्योगीको लगानी डुब्ने डेरी व्यवसायीहरू बताउँछन् ।
हाल नेपालमा डेरी सम्बन्धी उत्पादनले आन्तरिक बजारको ८० प्रतिशतसम्म माग धानिरहेको डेरी उत्पादकहरूको दाबी छ । तर, भारतमा दूधजन्य पदार्थ नेपालमा भन्दा सस्तो पाइने गरेको छ । भारतको अमूल नेपालमा आएमा भारतको दूधलाई नेपालमा ल्याएर दूधजन्य पदार्थमात्र बिक्री गर्ने योजना बनाएको बुझिएको छ ।
यस्तो अवस्थामा नेपालमा डेरी क्षेत्रमा वैदेशिक लगानीको आवश्यकता नरहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालमा डेरी क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको र यस क्षेत्रमा आउने वैदेशिक लगानी रोक्न आग्रहसमेत गरेको छ ।

‘लोकल पार्टनर’ बनाएर भारतको सबैभन्दा ठूलो डेरी उद्योग अमूल नेपाल भित्रिँदै छ । वार्षिक ४० हजार करोडको कारोबार गर्दै आएको अमूलमा कांग्र्रेसका प्रभावशाली नेता कोइरालाको आडमा अमूलले भारतबाट दूध ल्याएर नेपालमा बिक्री गर्ने योजना पनि बनाएको छ ।

‘लोकल पार्टनर’ बनाएर भारतको सबैभन्दा ठूलो डेरी उद्योग अमूल नेपाल भित्रिँदै छ । वार्षिक ४० हजार करोडको कारोबार गर्दै आएको अमूलमा कांग्र्रेसका प्रभावशाली नेता कोइरालाको आडमा अमूलले भारतबाट दूध ल्याएर नेपालमा बिक्री गर्ने योजना पनि बनाएको छ । यता, उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भने नेपालका आन्तरिक उत्पादनको क्षमता हेरेर मात्रै सम्बन्धित निकायले विदेशी लगानीलाई अनुमति दिनुपर्ने बताइन् ।
केही वर्ष पहिला पोल्ट्री फार्ममा विदेशी लगानी खोली दिनुपर्यो भन्दा केही समूह आएका थिए तर केही समूहले भने नेपालको आन्तरिक उत्पादनले बजारको माग धान्न सक्छ भन्दै निवेदन दिएकाले पोल्ट्री फार्ममा विदेशी लगानी रोकेको उनले बताइन् । अमूलले नवलपरासीमा उद्योग स्थापना गर्न आन्तरिक गृहकार्य शुरु गरेको बताइएको छ ।
तर, उद्योग मन्त्रालयकी सचिव खतिवडाले भने आफूले डेरीमा यस्तो लगानी आउने थाहा नपाएको बताइन् । विदेशी लगानीका विषयमा उद्योग विभागबाटै सम्पूर्ण काम हुने भएकाले कुन–कुन उद्योगमा विदेशी लगानी खुला छ त्यसमा उद्योग विभागबाट स्वीकृति लिएर उद्योग सञ्चालन गर्न सक्ने उनले बताइन । तर, सरकारले आन्तरिक रुपमा नै भइरहेको उत्पादनले बजारको माग पूरा गरिहेको अवस्थामा भने विदेशी लगानी भित्र्याउने विषयमा थप अनुसन्धान र विचार गर्नपर्ने धारणा सचिव खतिवडाको रहेको छ ।

दुग्ध क्षेत्रको पृष्ठभूमि
 दुग्ध क्षेत्रको कृषि गार्हस्थ्य उतपादनमा ९ प्रतिशत योगदान
 रोजगारीको हकमा ४ लाख ५० हजार कृषक परिवार आबद्ध छन् भने २० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएका छन् ।
 दैनिक ३ करोडभन्दा बढी रकम शहरबाट गाउँ प्रवाह भइरहेको छ ।
 यस क्षेत्रमा २० अर्बभन्दा बढी रकह उद्योगस्तरमा लगानी भएको छ ।
 जम्मा उत्पादन दैनिक ४८ लाख ५० हजार लिटर दूध
 फर्मल सेक्टरमा जाने १५ प्रतिशत दैनिक ७ लाख २७ हजार ५ सय लिटर दूध
 इन्फर्मल सेक्टरमा जाने ३५ प्रतिशत दैनिक १६ लाख ९७ हजार ५ सय लिटर दूध
 कृषक स्वयम्ले उपभोग गर्ने ५० प्रतिशत दैनिक २४ लाख २५ हजार लिटर दूध

नेपालमा विदेशी लगानी आएमा प्रत्यक्षरुपमा पर्ने असरहरु
 ४ लाख ५० हजार कृषक परिवारको रोजगारी जोखिममा पर्नेछ ।
 करिब २० अर्ब लगानी पूर्ण जोखिममा हुनेछ ।
 देशको अर्थतन्त्रमा गिरावट आउनेछ ।
 दूरदराजमा एक मात्र आय स्रोत गुम्न नगई समस्या उत्पन्न हुनेछ ।
 यसले नेपालमा पशुपालनमा कमि ल्याई अर्गा्निक उत्पादनमा असर पर्न जानेछ ।
 दैनिक रुपमा ३ करोड रुपैयाँ जुन शहरबाट गाउँमा जाने गर्दछ त्यसमा गिरावट ल्याउनेछ ।
 स्वदेशी पैसा विदेशिने छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १२:३७