मेराज सल्मानी । बाँके । नेपालगन्ज भन्सार कार्यालयले नौ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । २०७४/०७५ मा ६ अर्ब ७९ करोड राजस्व संकलनको लक्ष्य लिएको भन्सार कार्यालयले नौ महिनामै ९२ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले लक्ष्य पार गर्दै ७ अर्ब ७१ करोड ६१ लाख ३१ हजार ९४५ रुपैयाँ राजस्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमूख जनार्दन आचार्यले जानकारी दिए । भन्सार कार्यालय प्रमूख आचार्यका अनुसार मूल्य अभिवृद्धि करमा ३ अर्ब ४५ करोड १० लाख ९७ हजार ९६८ र भन्सार पैठारी महसुलमा २ अर्ब ३७ करोड ३० लाख ३९ हजार ६० रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै पूर्वाधार करतर्फ ७९ करोड १२ लाख ६० हजार, सडक सुधार दस्तुरतर्फ ३५ करोड ५७ लाख ६४ हजार, कृषि सुधार शुल्क ५८ करोड ४४ लाख ९६ हजार र अन्त शुल्कतर्फ १३ करोड ७९ लाख, ५० हजार ८४७ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पैठारी सेवा शुल्कतर्फ १ करोड ७१ लाख २५ हजार ५००, भन्सार निकासी महसुल ५२ लाख ५० हजार २७०, निकासी सेवा शुल्कतर्फ १ लाख ९ हजार ३०० र भन्सार सम्बन्धी अन्य आयतर्फ ३९ हजार राजस्व संकलन भएको छ । भन्सार जाँचपासमा सुधारसँगै कडाई गरेपछि चोरी पैठारीमा कमी आएकाले राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालय प्रमूख आचार्यले बताए ।
।