सूचनाको शक्ति - The Power Of Information

        

टाउकोमा कपाल उमार्न बैंकको लगानी !


काठमाडौं । तपाईको कपाल झरेको छ ? तपाई नयाँ कपाल उमार्न चाहानु हुन्छ तर यसका लागि पैसा छैन ? अब चिन्ता नलिनुस बैंकले कपाल उमार्नका लागि ऋण दिने भएको छ । नविनतम प्रबिधिबाट बिगत ३ वर्षदेखि कपाल प्रत्यारोपण गर्दै आएको आरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरले कपाल प्रत्यारोपणका लागि ऋण लिनका लागि बैंकसँग सम्झौता गरेको छ ।
ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकबाट ऋण लिन सम्झौता गरेको आरोगिनकी अस्मीता पन्तले बताइन । उनका अनुसार कपाल प्रत्यारोपण गर्न न्युनतम १ लाखदेखि ६ लाख रुपैयाँसम्म लाग्छ । एक मुष्ठ पैसा दिन नसक्ने वा पैसा नभएकालाई आयस्रोत हेरेर समय राखेर कपाल प्रत्यारोपण गर्ने सुविधा समेत रहेको उनले जानकारी दिइन ।
नविनतम प्रबिधिबाट बिगत ३ वर्षदेखि आरोगिन हेल्थ केयरले कपाल प्रत्यारोपण गर्दै आएका छ । तालुपना भएको ठाउमा प्राकृतिक रुपले कपाल वृद्धि हुने एक मात्र उपाय भनेको प्रत्यारोपण हो । नेपालमा कपाल प्रत्यारोपण हामीले सुरु गरेको हो । अहिलेसम्म ५०० जनाको कपाल प्रत्यारोपण गरिएको छ ।
३० देखि ५० वर्ष भित्रका मनिसहरुले प्रत्यारोपण गरेका छन् । नेपालमा सुरु भएपछि महिलाहरु २५ जना मात्रले कपाल प्रत्यारोपण गराएका छन् । पुरुषको तुलनमा महिलामा कपाल उत्पादन गर्ने हर्मन धेरै हुन्छ । त्यसै कारणले पनि महिलाहरु कम भएका हुन् । पुरै टाउको भरिकै कपाल झरिसकेको अवस्थामा कपाल प्रत्यारोपण गर्न सकिदैन ।

कपाल प्रत्यारोपण एक प्रक्रिया हो जसमा डाक्टरले टाउको पछाडीको भागबाट कपालको जरा निकालेर अगाडी तालुपना भएको भागमा प्रत्यारोपण गरिन्छ ।

त्यस्ता व्यक्तिहरु आएका बेला हामीले सरी भनेर पठाएका छौँ । कपाल प्रत्यारोपण गराउनेहरुमा सबै भन्दा धेरै व्यापारीहरु छन् । कपालको सोख भएका पुरुसहरुले थोरै कपाल पनि प्रत्यारोपण गर्न आउर्ने गरेका छन् । हाम्रोमा अन्य ठाँउबाट कपाल विगारेर आएका धेरैलाई प्रत्यारोपण गरेर पठाएका छौं । यो सेवमा उच्च र मध्यम वर्गका लागिमात्र भएको हो ।
कसैको कपाल झर्ने अथवा झरेर चिल्लो नै भएको छ भने हामीलाई टाउकोको फोटो खिचेर पठाए हुन्छ । कपाल प्रत्यारोपण गर्न लाग्ने समय र लागत अनलाइन मार्फत नै जानकारी दिने समेत पन्तले बताइन् । कपाल प्रत्यारोपण एक प्रक्रिया हो जसमा डाक्टरले टाउको पछाडीको भागबाट कपालको जरा निकालेर अगाडी तालुपना भएको भागमा प्रत्यारोपण गरिन्छ ।
पहिलो हो स्ट्रीप विधि जुन छालाको १० देखि १५ सेन्टिमिटर लामो र १ देखि ५ सेन्टिमिटर चौडा हेयर फोलिसिस सहितको स्ट्रीप टाउकोको पछाडीको भागबाट निकाल्ने हो । जसले गर्दा टाउको पछाडीको भागमा लामो खत बस्छ । अब त्यो स्ट्रीबाट खाली ठाउँमा प्रत्यारोपण गर्न एक–एक फोलोसिस छुटाइन्छ । फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन एफयुई अर्को विधि हो । जुन विश्वमै आधुनिक तरिका हो ।
यसमा एक–एक फोलिसीस युनिट अथवा ग्राफ्टलाई निकालिन्छ । जुन घाउ एक दुई हप्तामा सञ्चो भएर जान्छ । यसरी निकाल्दा खत बस्दैन । यो प्रवधिअनुसार कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसले कपाल मर्ने संभावना कम हुन्छ र कपाल निकालेर स्टोर गर्दा ५ डिग्री भन्दा कम तापक्रममा राख्नुपर्छ ।

यसरी गरिन्छ कपाल प्रत्यारोपण
कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडि पट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन ।
कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ हप्ता पछी झर्छ । तर, १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । २ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ । प्रत्यारेपण गरिएको कपाल एक दुई महिनामै झर्छन् र त्यही जराबाट नयाँ कपालहरु पलाउन थाल्छन् ।
तिन चार महिना भित्र पूर्ण रुपमा पलाउछ । टाउकोमा पाँचवटा पत्रहरु हुन्छन् । सबैभन्दा माथिको छालामा कपाल हुने गर्दछ । हाम्रो दिमागलाई यी पत्रहरु भन्दा तल रहेको स्कोल बोनले संरक्षण गरेको हुन्छ । कपाल प्रत्यारोपण चाहिँ छालामा गरिने भएकाले कुनै असर गर्दैन ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतवार ०३:५८