सूचनाको शक्ति - The Power Of Information

        

उच्च घरानाका सिरानीसम्म पुग्छन् पुरुष वेश्या


काठमाडौं । पुरुष वेश्या अर्थात् जिगोलोको पनि काम गरेका विवेक (नाम परिवर्तन)ले १० वर्षसम्म काठमाडौंमा एकजना भारतीय मुलका व्यापारीको घरमा सवारी चालकको काम गरे । उनी व्यापारीलाई कार्यालयसम्म छाड्ने र खाना ल्याउने काम गर्दथे ।
विहान पतिलाई कार्यालयमा छाडेपछि दिनभरी उनी पत्नीको सेवाका लागि पनि खटिन्थे । अहिले ट्याक्सी चलाइरहेका उनी भन्छन्,‘अफिसमा मालिकलाई छाडेपछि घरका लागि सवारी चलाउने काम पनि गरेको थिएँ । योसँगै अन्य गतिविधिमा पनि मलाई मालिक्निले प्रयोग गर्थिन् ।’ विवेकले मालिकको ड्राइभर र मालिक्निको ‘सेक्स ड्राइभर’ बन्नुपरेको थियो । त्यसका लागि उनलाई लुकीछिपी अतिरिक्त आम्दानी पनि हुने गरेको थियो ।
‘एक जनाको सेवा त ठिकै थियो । पछि मालिक्निका सर्कलमा रहेका धेरैलाई सेवा दिनुपर्ने भएपछि विरामी बन्ने डर भयो र म भागेर ट्याक्सी चलाउन आएँ,’ विवेक भन्छन्, ‘शारिरीक कमजोरी, पिसावनलीको समस्या पनि देखियो । अहिले यहि व्यावसाय गरेर बसीरहेको छु ।’ विवेकले दशकसम्म जुन काम गरे त्यसमा अहिले धेरै युवा सक्रिय रहेका छन् । लगानी पनि हुने, आम्दानी पनि हुने भएपछि हट्टाकट्टा जवान ड्राइभर, सहयोगी वा सम्पर्क पुरुष भएर उच्च घरानाका महिलाहरूसँग सम्बन्धमा रहने गरेका छन् ।
खासमा सहयोगी भए पनि आफ्नो सेक्स सन्तुष्टिका लागि काठमाडौं लगायतका ठाउँमा युवालाई यसरी प्रयोग गरिएको छ,’ विवकेको अनुभव छ,‘मेरा कतिपय साथीहरू अहिले पनि यहि काममा व्यस्त छन् ।’ प्रायः जिगोलोलाई उच्च धनाड्य परिवारको बेडरुम र सिरानी कस्तो छ भन्नेसम्म थाह हुन्छ । ‘दिनभरीको काम नै सेवा गर्ने हुन्छ । अनि पत्तो लागि हाल्छ नि’, उनी भन्छन् । महिला यौनकर्मीको संख्या उच्च रहेको नेपालका सहरहरूमा पुरुष यौनकर्मीको पनि विभिन्न रूपमा संख्या विस्तार हुन थालेको विभिन्न अध्ययनले देखाएका छन् ।
कतिपय पुरुषले यसलाई व्यावसाय नै बनाएका छन् । व्यावसायीक यौन कर्ममा लागेकाहरूले महँगा होटलमा उच्च घरानाका युवती, पत्नीलाई सेवा दिने गरेका छन् । उनीहरूको काम सेक्स पार्टनर बनिदिने र पैसा लिने हो । महिला यौनकर्मीको तुलनामा संख्या निक्कै कम भए पनि ठूलो रकम लिएर सेवा दिने हुन्छ । महिला यौन व्यवसायी सडकपेटीमै बसेर ग्राहक खोजिरहेका हुन्छन् । ग्राहकले पनि मोलमोलाई गरेर थोरै रकममा यौन सन्तुष्टि लिने गरेका महिला यौन व्यवसायी बताउँछन् ।
तर, पुरुष यौन व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधासमेत पाउने गरेका छन् । केही पुरुष यौन व्यवसायीको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट खर्च, मोबाइल खर्चदेखि सपिङका लागि पैसा महिला ग्राहकले दिने गरेका छन् । प्रायः महिला ग्राहक पुरुष यौन व्यवसायीलाई निजी बनाउन चाहन्छन् । आफ्नो पार्टनरले आफूलाई मेन्टेन गरेर हिँडेको हेर्न पनि महिलाले त्यस्ता पुरुष यौन व्यवसायीलाई धेरै रकम खर्चिने गरेका छन् ।
पुरुष यौन व्यवसायीले पनि आफूलाई ‘हेल्दी’ राख्न विशेष ध्यान दिने गर्छन् । एक जना भन्छन्, ‘काजु पिस्ता खानेदेखि जिम जानेसम्म नियमित गर्नुपर्छ । शरिरमा इनर्जीको मात्र बढाउनुपर्ने बाध्यता पनि हुन्छ ।’ केही वर्षअघिको सरकारी तथ्यांकले पनि नेपालमा पुरुष वेश्या बढ्दै गरेको देखाएको छ । स्वास्थ्य परिक्षणका लागि यौनकर्मीहरूका लागि राखिएको उपचारमा ९२ जना पुरुष यौनकर्मी, १ हजार २ सय ७६ जना महिला यौनकर्मी र ४ जना तेस्रोलिंगी यौनकर्मी गरी जम्मा १३ सय ७२ जनामा एचआइभी संक्रमण पाइएपछि यसको पुष्टि भयो । उक्त उपचारको अध्ययनका क्रममा ९२ जनाले आफु पुरुष वेश्या भएको बताएका थिए ।

केही पुरुष यौन व्यवसायीको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट खर्च, मोबाइल खर्चदेखि सपिङका लागि पैसा महिला ग्राहकले दिने गरेका छन् । प्रायः महिला ग्राहक पुरुष यौन व्यवसायीलाई निजी बनाउन चाहन्छन् । आफ्नो पार्टनरले आफूलाई मेन्टेन गरेर हिँडेको हेर्न पनि महिलाले त्यस्ता पुरुष यौन व्यवसायीलाई धेरै रकम खर्चिने गरेका छन् ।

के छ कानुन ?
महिला यौनकर्मीका लागि नेपाल सरकारसँग कानुनी व्यवस्था रहेको छ । उसलाई जीउ मास्ने बेच्ने मुद्दा दर्ता हुनसक्छ । तर पुरुष वेश्याको हकमा नेपालमा कानुन नरहेको कानुन व्यावसायी स्वागत नेपाल बताउँछन् । उनी भन्छन्, ‘प्रमुख जिल्ला अधिकारीले सार्वजनिक मुद्दा दर्ता गराउने प्रावधान हुनसक्छ । तर, कारवाहीका लागि कानुन छैन ।’ उनका अनुसार यस्ता व्यक्ति पक्राउ परिहालेको खण्डमा पनि जीउ बेच्ने मास्ने अपराध लगाउने व्यवस्था नै छैन । ‘अहिलेसम्म सजायको कुनै व्यवस्था छैन ।’

के हो जिगोलो ?
महिलासँग निरन्तर सम्पर्क राख्ने सुरक्षा घेरामा रहने पुरुषलाई जिगोलो भनिन्छ । यस्ता पुरुष महिलाका घरमा उनको अवस्था र आवश्यकतालाई सुरक्षित बनाउन सक्रिय हुन्छन् । सही हिसावले सहयोग वा सेवा गर्ने जिगोलोलाई सेवाको भत्ता दिने चलन छ । यस्ता व्यक्ति महिलाको ‘डान्स पार्टनर’ पनि बन्ने गर्छन् । पश्चिम विश्वमा यस्ता व्यक्तिलाई विभिन्न प्रकारका उपहार दिने चलन पनि रहेको छ ।
यस्ता व्यक्तिको यौन सम्बन्ध पनि रहने गरेको हुन्छ । जसलाई सेक्सका लागि राखिएको पुरुष पनि भनिन्छ । सन् १९२० देखि जिगोलो भन्ने शव्द मानिसका लागि प्रयोजनमा आएको हो । पहिला डान्स पार्टनरका रूपमा जिगोलो बनाउने चलन थियो जसको शव्द फ्रान्सबाट उत्पादित भयो । ‘जिगोलेट्टे’लाई अंग्रेजी संस्करणले जिगोलो बनाएको हो ।

व्यवसाय नै फस्टाउँदै
कतिपय पोर्न उद्योगीहरूले जिगोलोका लागि जागिरकै अफर गदैृ आएका छन् । इन्टरनेटमार्फत भारतको नयाँ दिल्ली, नेपालको काठमाडौं, बंगलादेशको ढाकामा जिगोलो आवश्यकताको सूचना नै प्रकाशित गरी केटाहरूलाई मात्र सम्पर्क राख्न भनेका छन् । यसको व्यावसायीकरणका लागि लाइसेन्स प्राप्त गर्न सफल विश्वका कतिपय देशले इन्टरनेटमा विज्ञापन गराएका हुन् । यो विज्ञापनमा नेपालीहरूको पनि आवेदन परेका छन् । दैनिक नेपालबाट

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०७:५८