सूचनाको शक्ति - The Power Of Information

        

कस्तो अवस्थामा छन् लघुवित्त कम्पनी ? (विवरणसहित)


काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनासम्म कम्पनीको वित्तीय अवस्था के भनेर आफ्नो विवरण सार्वजनिक गर्ने क्रम जारी छ । ग्रामीण क्षेत्रका जनतालाई वित्तीय सेवा पुर्याउन खुलेका लघुवित्त कम्पनीहरूले पनि यस क्रमममा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकबाट ग्रामीण क्षेत्रमा वित्तीय सेवा पुर्याउनका निम्ति अनुमति लिएका लघुवित्त वित्तीय संस्था ‘घ’ वर्गको वित्तीय संस्थाहरूको संख्या ५८ वटा पुगेको छ ।
जसमध्ये राष्ट्रियस्तरमा २५ वटा रहेका छन् । ४ देखि १० जिल्ला कार्य क्षेत्र रहेका २५ वटा, १० देखि ५ जिल्ला कार्य क्षेत्र रहेको एउटा, १ देखि ३ जिल्ला कार्य क्षेत्र रहेको एउटा, १० देखि ५ जिल्ला कार्य क्षेत्र रहेका २ वटा, ४५ जिल्ला कार्य क्षेत्र रहेको एउटा १५ देखि १७ जिल्ला कार्य क्षेत्र रहेको एउटा, २५ जिल्ला कार्य क्षेत्र रहेको एउटा र ५ जिल्ला कार्य क्षेत्र रहेको एउटा कम्पनी छ । जसमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जम्मा ३६ वटा कम्पनीहरु मात्र सूचीकृत रहेका छन् ।
३६ वटा कम्पनीमध्ये पनि हालसम्म तेस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्ने जम्मा ३१ वटा कम्पनी रहेको छन् । अन्य कम्पनीको वित्तीय विवरण सार्वजनिक हुने क्रममा नै रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आउँदा ३१ लघुवित्त वित्तीयमध्ये कुन कम्पनीले कति नाफा वृद्धि गरे तथा उनीहरूको चुक्ता पुँजी कति रहेको भन्ने विवरणमा चार्टमा देखाइएको छ । लघुवित्त बैंकमध्ये गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी नाफ कमाउन सफल वोमी माइक्रोफाइनान्सको रहेको छ । यस कम्पनीले ८९ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
त्यस्तै सिभिल लघुवित्तले ८० प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको तुलनामा १३ वटा कम्पनीहरुले बढी नाफा कमाएको छन् भने बाँकी कम्पनीहरुको नाफा घटेको अवस्था छ । यस्तै तेस्रो त्रैमाससम्म खुद मुनाफा कमाउनेमा सबैभन्दा बढी निर्धन उत्थान बैंक रहेको छ । यसले ३९ करोड ९१ लाख रुपैयाँ कमाएको छ । १० करोडभन्दा माथि नाफा कमाउनेमा निर्धन उत्थान, छिमेक लघुवित्त, स्वावलम्बन, फरवार्ड कम्युनिटि र रुरल माइक्रोफाइनान्सको रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्म सपोर्ट माइक्रोफाइनान्स र सबैको लघुवित्तको नाफा भने नोक्सानमा रहेका छन् । त्यस्तै यस त्रैमाससम्म चुक्ता पुँजीको आधारमा सबैभन्दा बढी छिमेक र निर्धन उत्थानको रहेको छ । उनीहरू चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी भने नयाँ नेपाल लघुवित्तको २ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०७:४३