काठमाडौं । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ ल्याएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो मार्गदर्शन स्वीकृत गरेको हो ।
अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्यले सो नीतिगत मार्गदर्शन ल्याइएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद बैठकले मंगलबार धनुषा, महोत्तरी, सिराहालगायत तराईका जिल्लाहरुमा हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई १÷१ लाख रुपैयाँ दिने पनि निर्णय गरेको छ । पीडितहरुलाई आवासको व्यवस्थापनका लागि दुई बन्डल जस्तापाता दिने निर्णय पनि भएको छ ।
बैठकले गत वर्ष आएको बाढी, पहिरो र केही दिनअघि परेको असिनाबाट प्रभावितहरुलाई पनि राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ । विपद् व्यवस्थापन कोषलाई प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ निकासा गरी राहत दिन लागिएको हो ।
।