सूचनाको शक्ति - The Power Of Information

        

कैलालीको अत्तरियामा कामना सेवा विकास बैंकको शाखा विस्तार

कैलाली । कामना सेवा विकास बैंक लिमिटेडले कैलाली जिल्लाको गोदावरी १, अत्तरिया महेन्द्रनगररोडमा आफ्नो ४५ औँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले वित्तीय पहुंच नभएका ग्रामिण भेगमा समेत शाखा विस्तार गरी ग्रामिण जनतालाई वित्तीय पहुंच पुर्याउने लक्ष्य लिएको छ । यस आर्थिक वर्ष भित्र देशका विभिन्न भाग गरी जम्मा ५८ शाखा संचालनमा ल्याई कारोवार संजाल विस्तार गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री महेश प्रसाद काफ्लेले बताए ।
सो दिन दुई सय बढी खाता खोली २ करोड ४५ लाख निक्षेप संकलन भएको बैंकका शाखा प्रबन्धक श्री हर्षराज भण्डारी ले बताए । साथै सुभारम्भ कार्यक्रममा उपस्थित ग्राहकहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले कामना सेवा विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त राष्ट्रिय स्तरको एक सवलविकास बैंक भएको हुंदा ढुक्क भएर बैंकसंग कारोबार गर्न आस्वस्त पारे ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०१:१९