सूचनाको शक्ति - The Power Of Information

        

सदनलाई जानकारी भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण

 

काठमाडौं । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा भारतीय समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी शुक्रबार र शनिबार नेपालको राजकीय भ्रमण गर्ने विषयमा सदनलाई जानकारी गराए ।
भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दवहादुर पुनसंग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री ज्ञावलीले सदनलाई जानकारी गराए । उनका अनुसार शुक्रबार नै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीवीच नेपाल भारत सम्बन्धका विषयमा भेटवार्ता हुनेछ । भेटवार्तापछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उनले भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्रीलाई काठमाडौमा काठमाडौं महानगरपालिका र जनकपुरमा जनकपुरधाम उपमहानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञावलीले जानकारी दिए ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रुपमा समुद्घाटन गर्नछन् । उनले भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले नेपाल भारत वीचको सम्बन्धलाई नयाँ आयम थप गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०१:१८