सूचनाको शक्ति - The Power Of Information

        

सेक्सलाई कसरी सफल बनाउने ? 

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । जिवित प्राणीहरु सेक्सबाट अलग छैन । एक–अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ । पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढी आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ ।

किस नगर्ने

धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुन सक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।

आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नु

धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् । तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ । त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी रशरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

आनन्द दिने शरीरका भाग बिर्सनु

यौनाङ्ग चलाउँदा यौन सन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ । तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारणयी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौन सन्तुष्टि प्राप्त हुन्छ ।

आफ्नो तौल पार्टनरमा थुपर्नु

यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनु भएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।

चरमोत्कर्ष निकै चाँडै–ढिलो

यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् ।

सेक्सलाई पोर्नको रुपमा हेर्नु

कोही मानिसहरु वाइल्ड सेक्सप्रति आकर्षित हुन्छन् । यस्तो सेक्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् ।

चुप लागेर बस्ने गर्नु

यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ भने तपाईंलाई थाहा हुन मन लागेजस्तै सेक्स गर्दा आफूलाई केही कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् । यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ । –एजेन्सीको सहयोगबाट

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०६:३०