सूचनाको शक्ति - The Power Of Information

        

आठ अंकले घट्यो शेयर बजार

काठमाडौं   । शेयर बजार आज आठ दशमलव २७ अंकले ओरालो लागेर एक हजार ३४५ दशमलव ३७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ‘क’ वर्गका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३३ बिन्दुले ओरालो लागेर २८४ दशमलव शुन्य पाँच प्रतिशत बिन्दुमा पुगेको छ ।

आज १५९ कम्पनीको ११ लाख दुई हजार ५४८ शेयर रु ४३ करोड ४२ लाख ४६ हजार ९१३ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार बैंकिङ पाँच दशमलव एक, होटल ३९ दशमलव ९६, विकास बैंक १४ दशमलव ४६, जलविद्युत् छ दशमलव ३७, फाइनान्स चार दशमलव १२, बीमा ८१ द्यशमलव ७१, उत्पादन १० दशमलव ९४ र माइक्रोफाइनान्स २१ दशमलव ९ बिन्दुले ओरालो लाग्दा अन्य उपसमूहको शेयर भने शुन्य दशमलव ३४ बिन्दुले बढेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १५:२४