सूचनाको शक्ति - The Power Of Information

        

रोक्का गरेको सम्पति कस्कोःबिडारी

काठमाडौं । राष्ट्र बैंकमार्फत यातायात व्यवसायी समितिहरुको बैंक खाता रोक्कागरिएपछि सांसद बिडारीले ती खातामा भएको रकमबारे प्रश्न उठाएका हु्न् ।
कानुनविदसमेत रहेका सांसद रामनारायण बिडारीले यातायातसमितिहरुका नाममा रहेको अर्बौ रुपैयाँको सम्पत्ति राष्ट्रियकरण गर्ने किव्यवसायीलाइनै दिने भन्ने प्रश्न सरकार समक्ष गरेका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादीकेन्द्रका सांसद बिडारीले सार्वजनिक संस्थाका रुपमा दर्ता भएका समितिहरुकोनाममा अर्बौ रुपैयाको सम्पत्ति रहेको बताए ।
बिडारीले भने ‘यातायात क्षेत्रमा व्यवसायीले अबौर्ं रुपैयाँ लगानी गरेकाछन् । उनीहरुको सम्पत्तिको संरक्षण कसले गर्ने रु अनि समितिहरुको नाममारहेको अर्बौ सम्पत्ति सरकारको हुन्छ कि व्यवसायीको हुन्छ रु यसबारे सरकारलेअहिलेसम्म सोचेको देखिएन ।’
सांसद विडारीले यातायात क्षेत्रको सिण्डिकेट तोड्न सरकार सफल भए पनियसपछि सेवा र सुविधामा प्रतिस्पर्धा गराउने र सर्वसाधारणलाई सहज सुबिधादिलाउनेबारे सरकार योजनाविहीन रहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १२:५९