सूचनाको शक्ति - The Power Of Information

        

धनगढीको क्यासिनोमा प्रहरीको छापा

कैलाली । धनगढीको साथी होटल भाडामा लिएर सञ्चालन गरिएको क्यासिनोमा आइतबार साँझ प्रहरीले छापा मारेर लाखौं रुपैयाँ बरामद गरेको छ । प्रहरीले किङ्ग्स लाउण्ड ग्याम्बिलिङ्ग क्यासिनोमा छापा मारेर म्यानेजर सुजन दाहाल र मलेशियन नागरिक मोहम्मद आजाम जोस्फोलाई पक्राउ गरेको छ ।
नेपालमा प्रतिवन्धित पाँच सय र दुई हजार दरका भारुको अवैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगर नेतृत्वको टोलीले क्यासिनोमा छापा मारेको थियो ।

क्यासिनोबाट १२ लाख पाँच हजार भारतीय रुपैयाँ र १२ लाख नेपाली रुपैयाँबरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
आइतबार अधिकांश सीमावर्ती बजारबाट धनगढीमा क्यासिनो खेल्न आउने गर्दछन् । प्रहरीले त्यही मौकामा छापा मारेको हो । पक्राउ परेका क्यासिनोका म्यानेजर दाहाल र मलेसियन नागरिकलाई बरामद रुपैयाँ सहित आन्तरिक राजश्व विभाग काठमाडौंमा पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०७:४४