सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली बैंकको १७.६२ लाख कित्ता शेयर बिकेन


काठमाडौँ । कर्णाली विकास बैंकले निष्काशन गरेको हकप्रदमा १७ लाख ६२ हार १८८ कित्ता शेयर बिक्री हुन नसकेको देखिएको छ । बैंकले जारी गरेको २२५ प्रतिशत हकप्रदमा ती शेयर विक्री नभएका हुन् । बैंकका संस्थापक तर्फ १४ लाख ६१ हजार २७० कित्ता शेयर बिक्री नभएका हुन् भने ३ लाख ९१८ कित्ता शेयर सर्वसाधारण शेयरधनीले खरीद नगरेका हुन् ।
गत पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले माघ ११ गतेदेखि चैत १ गतेसम्ममा बैंकको हकप्रद सेयरमा आवेदन पाउने गरी बैङ्कले हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा विक्री नभएका शेयर लिलामीमार्फत् विक्री गर्न बैंकले एक सूचना जारी गरेको छ । बैंकका शेयर खरीद गर्न इच्छुक लागनीकर्ताले वैशाख ३१ गतेबाट जेठ ७ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ ।
साधारण तथा संस्थापक दुवैतर्फ न्यूनतम १ सय रुपैयाँमा कम्तीमा एक सय कित्ता वा सो भन्दा बढी खरीद गर्न चाहेमा १० ले भाग जाने गरी शेयरसंख्या खरीदका लागि आवदेन गर्न पाइने छ । तर संस्थापक तर्फका शेयर खरीद गर्नका लागि यसअघि नै कम्पनीको संस्थापक शेयरधनी हुनुपर्नेछ । बैंकको हकप्रद शेयरको विक्री प्रबन्धक रहेको प्रभु क्यापिटलमा लिलामीका शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
बैंकका शाखाहरु नेपालगन्ज, तुल्सीपुर, घाराही, लमही, कोहलपुर र गुलरियामा समेत शेयर खरीदका लागि आवदेन दिन सकिनेछ । यसैगरी प्रभु बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढीबाट समेत आवेदकले लिलामीमा आवदेन दिन सक्नेछन् । आफूले खरीद गर्न चाहेको रकम क्यापिटलको नाममा रहेको संकलन गरी आवदेन दिन बैंकले सूचना जारी गरेको छ । हकप्रदको सम्पूर्ण प्रक्रियापछि बैंकको चुक्तापूँजी ४९ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतवार ०४:५४