सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकलाई लक्षित गर्दै धमाधम पर्यटकीय आरामगृह खुुल्दै

ठाकुरद्वारामा पर्यटक : फाइल तस्वीर ।

ठाकुरद्वारामा पर्यटक : फाइल तस्वीर ।

बर्दिया । सदरमुकाम गुलरियामा पर्यटकलाई लक्ष्य गर्दै धमाधम पर्यटक आश्रयस्थल खुुल्दैछन् । जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ आश्रयस्थल खुुल्ने क्रम बढेको हो । गुुलरिया नगरपालिका–७, हस्नापुुर कटीरोडमा करोडौँको लागतमा कृष्णसार पर्यटकीय आश्रयस्थल निर्माण भइरहेको छ भने गुुलरिया–५, सन्तोषी टोलमा लाखौँको लागतमा बबई प्यालेस सञ्चालनमा आउने तयारी छ ।
सदरमुुकाम गुुलरिया आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै पर्यटक आरामगृह सञ्चालन गरिएको लोटस गार्डेन रिसोर्ट गुुलरियाका प्रबन्धक सुुधांशुुप्रकाश शर्माले बताए । उनले भने, ‘पर्यटक सदरमुुकाम आइपुुग्दा कमसेकम थकान बिसाउने गरी रिसोर्ट सञ्चालन गरेका हौँ ।’ एकल लगानीमा गुुलरियाकै मुुटुुमा खोलिएको आरामगृहले पर्यटकलाई सन्तुुष्ट पार्नेमा आफू आशावादी रहेको शर्माले बताए ।
उनले थपे, ‘अर्गानिक तथा स्वच्छ परिकारले पाहुुनालाई सन्तुुष्ट पार्ने गरी रिसोर्ट सञ्चालनमा ल्याएका हौँ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर सेवा दिने हाम्रो लक्ष्य छ । पर्यटकीय क्षेत्र ठाकुुरद्वारामा आउने पर्यटकलाई समेत गुुलरियामा पर्यटक आकर्षण गर्ने प्याकेजसहित हामी अघि बढेका हौँ ।’ सवा एक करोड रुपैयाँको लागतमा बनेको पार्टी प्यालेस र एसीहलसहितको रिसोर्टमा २० जनाले रोजगारी पाएका छन् ।
गेट कलेज अफ होटेल म्यानेजमेन्टका कार्यकारी अधिकृत खेमराज लकाईले लोटस रिसोर्ट उद्घाटन गर्दै भने, ‘पश्चिम नेपाल पर्यटकीय गन्तव्य भएकाले होटल तथा रिसोर्ट व्यवसाय वृद्धि गर्न आवश्यक छ । बर्दियामा पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेकाले जिल्लाभरी नै पर्यटकीय होटेल तथा रिसोर्ट सञ्चालन गर्नुु आवश्यक छ ।’ लकाईले व्यावसायिक होटेलमा तालीमप्राप्त कामदार राख्न सके मात्र पर्यटकलाई सन्तुुष्टि दिलाउन सकिने बताए ।
पश्चिम नेपालको होटेल व्यवसायलाई मद्दत गर्न नेपालगञ्जमा पनि होटल म्यानेजमेन्ट कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । यदि गाउँघरमा कसैलाई होटेलमा काम गर्न तालीम लिने इच्छा भए आफूहरूले सहयोग गर्ने उनले बताए । नेपालमा पर्यटन व्यवसायको प्रचुुर सम्भावना रहेकाले स्वदेशमै आफ्नो सीप सदुुपयोग गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०३:१३