सूचनाको शक्ति - The Power Of Information

        

गरिबी निवारणका लागि औद्योगिक वातावरण:वातावरणमन्त्री विकास लम्साल

पोखरा । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरिबी निवारणका लागि औद्योगिक वातावरण बनाउन प्रदेश सरकार लागिपरेको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ४ द्वारा  आयोजित चारदिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी मेलाको शुक्रबार उद्घाटन गर्दै नेपालमा लघु, घरेलु तथा साना उद्योगको विकास हुनुपर्नेमा जोड दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीका अध्यक्ष महाप्रसाद शर्माले कृषिउपजले बजार नपाउँदा कृषिजन्य वस्तु खेतबारीमै कुहिएकाले उत्पादित वस्तुको बजारीकरण गर्ने जिम्मा सरकारले लिनुपर्ने बताए ।  वैशाख २४ गतेसम्म चल्ने मेलामा ५० प्रदर्शनी कक्ष छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०२:५८