सूचनाको शक्ति - The Power Of Information

        

आइएमई र स्टार हस्पिटलबीच सेवा आदानप्रदान सम्झौता


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले स्टार हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।
साथै सोही अवसरमा स्टार हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १२:०८