सूचनाको शक्ति - The Power Of Information

        

कलाकारिता र मोडलिङमा भविष्य कोर्दै बिपना


काठमाडौं । कलाकारिता तथा मोडलिङ क्षेत्रमा नै भबिष्य सम्झेर एक कुशल नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन् बिपना श्रेष्ठ । मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोहले गर्दा मोडलिङ संसार, रंगीन संसार अर्थात् सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ भने नाम कमाउने अनि चर्चित हुने सबैको चाहना हुन्छ ।
त्यस्तै चाहना लिएर मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ लागेकी छन् । प्युठान जन्मथलो भएर बिगत २ बर्षदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आफ्नो रोजगारीसँगै मोडलिङमा निरन्तरता दिदै आएकी बिपना अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेकी छन् ।
त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छन् । नृत्य र अभिनयमा अब्बल बिपना सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण हो । करिब १ दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी विपनाले विभिन्न शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छन् ।
उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । भर्खर मात्र २३ औ बसन्तमा प्रवेश गरेकी बिपना श्रेष्ठ हेर्दा आकर्षक छन् । ल्याब टेक्निसियनको रुपमा एक प्राइभेट मेडिकलमा कार्यरत समेत रहेकी मोडल बिपना भन्छिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ११:३६