सूचनाको शक्ति - The Power Of Information

        

मेगा र टुरिजम बैंकको मर्जर टुंगियो

काठमाडौँ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार शूरु गर्ने मिति तय भएको भएको छ । दुवै बैंक बैशाख ३० गतेदेखि एकीकृत कारोबार गर्न सहमत भएका छन् । एक आपसमा गाभिन सम्झौता गरेको झण्डै १६ महिनापछि दुबै बैंकले एकीकृत कारोबार सुरु गर्ने मिति तय भएको हो ।
२०७३ माघको पहिलो साता मर्जरमा जान दुबै बैंकले सम्झौता गरेका थिए । नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले बैशाख ९ गते तथा कम्पनीले रजिष्ट्रारको कार्यालयबाट बैशाख १२ गते दुई बैंकलाई एक आपसमा गाभिएर एकीकृत कारोबार सुरुवात गर्न अन्तिम स्वीकृती प्रदान गरेपछि १६ महिने लामो प्रक्रिया टुंगिएको हो । अन्तिम स्वीकृती पश्चात एकीकृत कारोबारको मिति निर्धारण गरिएको हो ।
दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी ९ अर्ब ४७ करोड रुपैयाँ कायम हुने छ । मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जर निर्णय भएको हो । सेयर स्वाप रेसियो अनुसार टुरिजममा १ सय कित्ता सेयर भएका लगानीकर्ताको भागमा अब मेगा बैंकको ९५ कित्तामात्र शेयर कायम हुने भएको छ । वैशाख ३० पछि दुवै बैंकको कारोबार मेगा बैँककै नामबाट हुनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०७:४३